धनगढी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार (भोलि) धनगढी आउँदैछन् । भोलिदेखि धनगढीमा हुने विश्व नेपाली नारी साहित्य महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल धनगढी आउन लागेका हुन् ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भोलि १० गतेदेखि १३ गतेसम्म विश्व नेपाली नारी साहित्य सञ्चालन हुँर्दैछ । सम्मेलनमा विभिन्न देशका नेपाली साहित्यकार, विशिष्ट व्यक्तिहरुको सहभागिता हुने समाजले जनाएको छ ।















