• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

सेती करिडोर (पश्चिम सेती–दोधारा) प्रसारणलाइनको अध्ययन अन्तिम चरणमा

  •   शनिबार, चैत ११, २०७९ मा प्रकाशित

काठमाडौं- सेती करिडोर (पश्चिम सेती-दोधारा) प्रसारणलाइनको अध्ययन अन्तिम चरणमा पुगेको छ। यो प्रसारणलाइन करिब १ सय ५६ किलोमिटर हुनेछ। चैतनपुरदेखि डोटीको वनलेक हुँदै दोधारासम्म पुग्छ।

प्रसारणलाइन निर्माणपछि सेती नदी र सहायक नदीबाट उत्पादन हुने बिजुलीलाई केन्द्रीय प्रसारण प्रणालीमा ल्याउने र भारत निर्यातका लागि सहयोगी हुने राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नेत्र ज्ञवालीले बताए।

उनका अनुसार प्रसारणलाइनसँगै दुईवटा सबस्टेसन निर्माण हुनेछ। चैनपुरमा एउटा र वनलेकमा अर्को सबस्टेसन हुनेछ। चैनपुरमा सबस्टेसनमा ५०० मेगावाट विद्युत संकलन हुन्छ। सो विद्युतीय ऊर्जालाई वनलेक सबस्टेसनसम्म पुर्‍याउँछ।

वनलेकमा ७५० मेगावाटको पश्चिम सेती र साढे दुई सय मेगावाटको अर्को आयोजना पनि निर्माण गर्न लागिएको छ। ती आयोजनाको समेत विद्युतलाई दोधारासम्म पुर्‍याउनेछ। डिजाइनअनुसार यो प्रसारणलाइनको चैनपुरदेखि वनलेकसम्म करिब १२०० मेगावाट वहन गर्न सक्ने क्षमता छ। वनलेकबाट दोधारासम्म २२०० मेगावाट वहन गर्न सक्छ।

अहिले यो प्रसारणलाइनको डिजाइन र ड्रइङको काम अन्तिम चरणमा चलिरहेको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले डिजाइन र अध्ययन एक वर्षदेखि गरिरहेको हो। यही वर्षभित्र अध्ययनको काम सकिने ज्ञवालीले बताए। उनका अनुसार कम्पनीलाई फाइनल प्रतिवेदन बुझाउन असारसम्मको समय दिइएको छ भने वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० प्रतिवेदन तयारीको काम पनि भइरहेको छ।

असोजसम्म यो प्रतिवेदनसम्म तयार पार्ने लक्ष्य छ। ‘यो वर्ष हामी अध्ययनको सबै काम सक्ने योजनामा छौं। यदि स्रोत सुनिश्चितता पायौं भने अर्को वर्ष ठेक्का निकालेर निर्माणमा जान्छौं, उनले भने, ‘निर्माण थालेको ५ वर्षमा आयोजना पुरा गर्न सकिने अध्ययनको निष्कर्ष छ।’

कम्पनीले अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितत मागेको छ। अर्थ मन्त्रालयले भारतीय एक्जिम बैंकसँग आयोजनाका लागि ऋण मागेको छ। भारतीय कम्पनीले आयोजना निर्माण गर्न लागेका उसैसँग ऋण मागिएको हो। त्यसबारे औपचारिक कुनै निर्णय भने भएको छैन्। भारतले नै लगानी गर्ने अर्थ मन्त्रालयका अधिकारीहरुको दाबी छ। उनीहरुका अनुसार परराष्ट्र मन्त्रालय हुँदै भारत प्रस्ताव पठाइएको छ।

यो प्रसारणलाइन निर्माणका लागि १४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। सबस्टेसनका लागि ३ अर्ब रुपैयाँ लाग्नेछ। जग्गा अधिग्रहणसहित १८ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।

यो आयोजनाको सबस्टेसन निर्माणका लागि १४ हजार रोपनी जग्गा चाहिन्छ। १० हजार रोपनी क्षेत्रमा जंगल पर्छ। ‘जग्गा अधिग्रहण र रुख कटानका लागि चुनौतीपूर्ण काम छ, ‘ ज्ञवालीले भने, ‘प्रसारणलाइन निर्माण गर्नु हाम्रो जस्तो मुलुकमा चुनौतीको काम हो।’ सबस्टेसन निर्माण गर्न लागिएको वनलेकमा १३० रोपनी र २८० रोपनी चैनपुरमा लिजमा लिइएको छ। सरकारी जग्गा कम्पनीको नाममा लैजान नमिल्ने भएकाले लिजमा लिइएको हो। त्यसबाहेकको जग्गा अधिग्रहण गर्नुपर्छ।

यो आयोजना दुई खण्डमा निर्माण हुनेछ। चैनपुरदेखि वनलेकसम्म ट्वीन हुनेछ भने वनलेकबाट दोधारासम्म क्वाड प्रविधिमा आधारित हुनेछ। जसले २२०० मेगावाट विद्युत वहन गर्न सक्छ।

पश्चिम सेतीको बिजुली भारत लैजाने प्रसारणलाइन

पश्चिम सेती जलविद्युत आयोजना संयुक्त रुपमा विकास गर्ने गरी भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई जिम्मा दिइएको छ। कम्पनीले सुरुमा प्रसारणलाइन पनि आफैले बनाउन चाहेको थियो। अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको सतजल विद्युत निगमले पनि आफैले डेडिकेटेड प्रसारणलाइन बनाएर लैजान लागेको छ।

सबै खालका आयोजनाले उत्पादन गरेका बिजुली यो राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण गर्न लागिएको हो। ‘पश्चिम सेतीले एउटा बनाउँछ। अनि हाम्रा अरु आयोजनाका लागि अर्कै प्रसारणलाइन बनाउनुभन्दा एउटै बनाउन खोजेका हौं, ‘उनले भने, ‘उहाँहरुले पनि यही प्रसारणलाइन प्रयोग गरेर बिजुली लैजानुहुन्छ।’

‘मर्मत र संचालनका लागि सरकारको मुख ताक्नुपर्दैन‘

प्रसारणलाइन संचालनमा आएपछि मर्मत र संचालनका लागि सरकारको मुख ताक्नु नपर्ने ज्ञवालीले बताए। उनका अनुसार यो आर्थिक रुपले फिजिवल आयोजना हो। ‘प्रसारणलाइन निर्माणपछि विद्युत उत्पादन गर्ने प्रवर्द्धकले ह्‍विलिङ चार्ज तिर्छन्। त्यसैबाट उठेको पैसाले संचालन र मर्मत हुनेछ,’ उनले भने, ‘यो प्राधिकरणकोभन्दा फरक मोडल हो।’ उनका अनुसार प्रसारणलाइन संचालनमा आएपछि कम्पनीले ह्‍विलिङ चार्ज आय गर्नेछ।।

यो आयोजना निर्माणले सन्तुलित क्षेत्रीय विकास लागि समेत महत्त्वपूर्ण छ। पश्चिम सेती जलविद्युत आयोजना प्रसारणलाइन सुनिश्चितता नभएकै कारण वर्षौदेखि अलपत्र अवस्थामा पुगेको छ। यो आयोजना बनाएर पनि प्रसारणलाइनको अभावमा उत्पादित विद्युत बिक्री गर्न नसक्ने भन्दै आयोजना निर्माण हुन नसकेको हो।

अब यो प्रसारणलाइन निर्माणसँगै धेरैवटा आयोजनासमेत निर्माण हुनेछ। जसले सुदूरपश्चिमको विकासमा महत्त्वपूर्ण योगदान दिने ज्ञवालीको दाबी छ। बिजमाण्डु

  • सेती करिडोर
शनिबार, चैत ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी
भोटेकोशी बाढी : एक हजार ४३६ शव भेटिए

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.