धनगढी- धनगढीमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको छ । पत्रकार महासंघ कैलाली शाखाले शनिबारबाट मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको हो ।
गाडीमा प्रेस लेख्न नपाइने, लेख्ने चाहनेले आफ्नो काम गर्ने मिडियाको नाम उल्लेख गर्नु पर्ने पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले बताए ।
यस कार्यलाई अभियानको रुपमा अघि बढाएको उनले बताए । गाडीमा प्रेस लेखेका सवार धनीले तत्काल हटाउन पत्रकार महासंघ कैलाली शाखाले आग्रह गरेको छ ।













