• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सुदूरपश्चिममा पार्टी कमजोर भएपछि भीम रावललाई फकाउँदै एमाले

  •   सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

काठमाडौं- नेकपा एमालले पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावललाई पार्टी काममा फर्काउने गरी संवाद प्रक्रिया अगाडि बढाएको छ । यसअघि दशौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा पराजित भएपछि जिम्मेवारीबाहिर रहेका रावललाई काममा फर्काउने गरी एमालेको वार्ता टोलीले छलफल अगाडि बढाएको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित ललितपुरमा उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीले रावलसँग संवाद गरेको छ । रावललाई पार्टी काममा फर्काउने गरी संवाद गर्न १८ चैतमा एमालेको केन्द्रीय सचिवालय बैठकले पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्णबहादुर थापा रहेको तीन सदस्यीय टोली गठन गरेको थियो ।

रावलले अध्यक्ष ओली, उपाध्यक्ष पौडेल वा महासचिव शंकर पोखरेलले औपचारिक रूपमा बोलाएर छलफल गरेको अवस्थामा मात्र आफ्ना असन्तुष्टि र पार्टी कामका विषयमा कुराकानी गर्ने अडान राख्दै आएका थिए । रावलको त्यही अडानलाई ध्यानमा राख्दै एमालेले संवादका लागि पौडेलको नेतृत्वमा अलग्गै कमिटी बनाएको थियो ।

पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिमको अनुगमनकर्ता तोकिएका उपाध्यक्ष पौडेल सुदूरपश्चिममा जाँदा रावलसँग टकराव उत्पन्न भएको थियो । त्यसपछि एमालेले उनलाई पार्टीको जिम्मेवारी ल्याउने उद्देश्यले संवाद सुरु गर्ने निर्णय गरेको थियो ।

स्थायी कमिटी सदस्य थापाले कुराकानी सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिँदै पार्टीको बैठकले जिम्मेवारीबारे निर्णय लिने बताए । रावललाई दशौँ महाधिवेशनलगत्तै अघिल्लो वर्षको २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सल्लाहकार कमिटी सदस्य मनोनीत गरेको थियो । तर, आफूलाई सोध्दै–नसोधी टिके प्रथाबाट मनोनीत गरिएको भन्दै रावलले जिम्मेवारीसम्बन्धी पार्टीको निर्णयलाई अस्वीकार गरेका थिए ।

लामो समयदेखि जिम्मेवारीबाहिर रहेका रावलमाथि संसदीय दलको बैठकमा अनुपस्थित हुने गरेको, संसद्मा संसदीय मूल्य–मान्यताविपरीत निरन्तर ह्विप उल्लंघन गरेको एमालेको आरोप छ । सोही कारण कैलालीबाट सर्वसम्मत सिफारिस भए पनि अध्यक्ष ओलीले रावललाई टिकट दिन अस्वीकार गरेका थिए ।

सुदूरपश्चिममा राम्रो प्रभाव राख्ने रावललाई जिम्मेवारीविहीन बनाउँदा र टिकट नदिँदा ४ मंसिरको चुनावमा पार्टीले क्षति व्यहोरेको भन्दै कार्यकर्ता तहले प्रश्न उठाइरहेपछि नेतृत्वमाथि उनलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने दबाब पर्दै आएको छ ।

 

  • भीम रावल
सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.