काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले देशका नयाँ, पुराना सबै नेता चोर भएको बताएका छन् ।
समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नेताहरूलाई यस्तो आरोप लगाएका हुन् । उनले नेताहरूलाई देशको माया नभएको समेत बताएका छन् ।
उनले लेखेका छन्- ‘नयाँ, पुरानो सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन ।’
मेयर शाहले बेलाबेलामा सामाजिक सञ्जालमा नेताहरू प्रति असन्तुष्टि पोख्दै आएका छन् ।















