• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • १०. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

निर्मला हत्या काण्ड: पाँच वर्षसम्म रहस्यमै

  •   बुधबार, साउन १०, २०८० मा प्रकाशित

कञ्चनपुर- साउन १० गते निर्मला पन्त हत्या भएको पाँच वर्ष पुग्यो। बलात्कारपछि हत्या गरिएकी निर्मला जलाइएको महाकालीमा यो अवधिमा धेरै पानी बगिसक्यो। तर, उनको हत्यारा को हो भन्ने कुराको अहिलेसम्म सुइँको समेत मिलेको छैन।

घरपरिवार पनि अब निर्मलाले न्याय पाउँला भन्ने आस मारिसकेका छन्। देशको पश्चिमी सीमामा घटेको निर्मलाको कहालीलाग्दो घटनाले देश विदेशमा सबैभन्दा बढी चर्चा बटुल्यो। सायद, अनुसन्धानका लागि इतिहासमै सबैभन्दा बढी प्रहरीका छानबिन समिति बने।

सडकदेखि सदनसम्म आवाज उठ्यो। सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार संगठन लगायतको टोलीले घटनाको छानबिन गरे। तर, हत्यारा पत्ता लाग्न सकेन।

निर्मलाका आमा–बुवाले छोरीको न्यायका लागि धेरै धाए। अनशन बसे। काठमाडौंसमेत पुगेर प्रधानमन्त्रीलाई भेटे। जिल्ला प्रहरी कार्यालय त झन् उनीहरूको पानी पँधेरै बन्यो। तर, निर्मला हत्याका वर्षहरू घर्किँदै जाँदा उनीहरूको आशा पनि मर्दै गएको छ।

‘छोरीको हत्यारा पत्ता लागेर न्याय पाउला भन्ने आशै छैन,’ आमा दुर्गादेवीले भनिन्,‘अहिलेसम्म कसैले पत्ता लगाइदिएन, अब त कसैको आश नै छैन।’ छोरीको हत्यारा पत्ता कसैले पनि नलगाउने उनको भनाइ छ। हत्यारा कसैले पनि पत्ता लगाइदिने हैनन् भन्ने मनमा लागेर अचेल जिल्ला प्रहरी कार्यालय पनि जानै छाडेको दुर्गादेवी बताउँछिन्।

‘निर्मलाका बारेमा न्याय माग्दा माग्दै पाँच वर्ष त्रितिसक्यो,’ उनले भनिन्, ‘घटनाको सम्पूर्ण विवरण सबैलाई थाहै छ, जसको सरकार आए पनि न्याय दिलाउने हैनन्।’

तर, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बोहराले अनुसन्धान निरन्तर चलिरेको बताए। उनले भने,‘पुराना कुरालाई पनि सुक्ष्म तरिकाले विश्लेषण गरेर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।’ ढिलो चाँडो दोषी पत्ता लाग्ने उनको भनाइ छ।

१ सय २३ जनाको डिएनए परीक्षण

बलात्कारपछि हत्या भएकी निर्मलाको घटना पत्ता लगाउन प्रहरीले अनेक कोणबाट अनुसन्धान जारी रहेको बताएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले अनुसन्धान जारी रहेको बताए। उनले भने, ‘केही शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर नयाँ कोणबाट अनुसन्धान गरिरहेका छौँ।’

घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १ सय २३ जनाको डिएनए परीक्षण गरिसकेको छ। पछिल्लो एक वर्षमा प्रहरीले १० जना नयाँ शंकास्पद व्यक्तिको डिएनए परीक्षण गरेको छ। अहिलेसम्म ६ सय ८० जनाको लिखित बयान लिइएको उनले बताए।

पछिल्लो एक वर्षमा ४५ जना शंकास्पद व्यक्तिलाई सोधपुछ गरिएको छ। डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको विज्ञ टोलीले डिएनए परीक्षण प्रक्रियामै कमजोरी भएको तथ्याङ्क औल्याएको थियो। डिएनए प्रविधिबाट अपराधी पत्ता नलाग्ने प्रतिवेदनको निष्कर्ष भए पनि प्रहरीले डिएनएकै विधिलाई नै अनुसन्धानको मुख्य आधार बनाएको छ।

प्रतिवेदनअनुसार अनुसन्धान भएन

निर्मला पन्तको हत्या भएपछि महेन्द्रनगरमा न्यायका लागि आन्दोलन चर्कियो। आन्दोलन चर्किएपछि गृह मन्त्रालयले सह सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डिआइजीहरू सम्मिलित उच्चस्तरीय छानविन समिति गठन गर्‍यो। उक्त छानविन समितिले तयार पारेको ३७ पृष्ठ लामो प्रतिवेदनमा बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक पटक लापर्वाही र हेलचेक्र्याइँ गरेको निष्कर्ष निकाल्दै तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको थियो।

निर्मलाको शव बरामद भएको स्थान, निजले प्रयोग गरेको साइकल एवम् नोटकपी, साथीको घरबाट ल्याएको अम्बा र यी सामग्री प्राप्त भएका स्थान र आसपासका क्षेत्रमा अपराधीको पहिचानका लागि तालिमप्राप्त कुकुरको प्रयोग नभएको, शव फेला परेको स्थान तथा आसपासका क्षेत्रमा पर्याप्त मात्रामा प्रहरी परिचालन नगरी सुरक्षा व्यवस्था नगरेको, निर्मला हराएको प्रहरीमा जानकारी गराउँदा पनि प्रहरी उदासीन रहेको, निर्मलाको हत्या घटनासँग सम्बन्धित प्रमाण संकलनमा खटिएको प्रहरीको लापरवाही र हलचेक्र्याइँ देखिएको, निर्मलाको बलात्कार हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने भित्रीबस्त्र पानीमा चोपलेको, गुप्तांग र तिघ्रा पखालेको, तथा उक्त बस्त्र नै लोप भएको छानबिन समितिको प्रतिवेदनको निष्कर्षमा उल्लेख गरिएको छ।

अध्ययनले तयार पारेको प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको, गोली चलाउनुपर्ने अवस्था नहुँदा पनि प्रहरीले गोली चलाएको भन्दै प्रहरीलाई दोषी देखाउँदै सरकारलाई प्रतिवेदन बुझाएको थियो।

एआइजी धीरु बस्न्यातको संयोजकत्वमा प्रहरीले प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न विस्तृत छानविन टोली गठन गरेको थियो। उक्त टोलीको प्रतिवेदन अनुसार तत्कालीन प्रहरी उपरीक्षक दिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई भविष्यमा अयोग्य नहुनेगरी बर्खास्त गरेको थियो भने डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठी लगायत ६ जना प्रहरीलाई निलम्बन गरेको थियो।

त्यसपछि प्रमाण नष्ट गरेको भन्दै आठ जना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले उजुरी हालिन्। दिलीपका दाजु खडक बिष्टले भाइलाई प्रहरीले यातना दिएको भन्दै चारजना प्रहरीविरुद्ध उजुरी दिएका थिए।

जिल्ला अदालत कञ्चनपुरले फौजदारी अपराध संहिता अनुसार प्रमाण नष्ट गरेको अभियोग र यातनाविरुद्धको अभियोगमा प्रहरीहरूलाई धरौटीमा रिहा गरेको थियो। अदालबाट सफाइ पाएर सबै प्रहरीहरू काममा फर्केका छन्। तत्कालीन आइजिपी सर्वेन्द्र खनालले गठन गरेको एआइजी धीरू बस्न्यातको प्रतिवेदनमाथि पुनरवलोकन अध्ययन गर्न डिआइजी सुरज केसीको संयोजकत्वमा पुनरवलोकन छानबिन समिति गठन गर्‍यो। केसीको संयोजकत्वमा गठित समितिले तत्कालीन एआइजी धीरू बस्न्यातको प्रतिवेदन कार्यान्वयन नगर्न सुझाव दिएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयले उक्त प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

यस्तो थियो घटना

महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया निर्मला पन्त २०७५ साउन १० गते बिहानसाथी रोशनी बमको घरमा गइन्। उनी साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्।

प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन। दोस्रो दिन बिहान ९११ गते० नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला पर्‍यो। शव फेला परेसँगै दोषीलाई पत्ता लगाउन माग गर्दै आफन्तले प्रदर्शन गरेका थिए।

राजनीतिक दलको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि चार दिनपछि साउन १४ गते निर्मलाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए। साउनको तेस्रो साताबाट निर्मला पन्त हत्याको दोषी पत्ता लगाउन आन्दोलन सुरु भयो।

साउन १३ गते सिआइवीका डिएसपी अंगुर जिसी निर्मलाको बलात्कारपछि हत्या अनुसन्धान गर्न कञ्चनपुर आए। जिसीसहितको टोलीको अनुसन्धानका आधारमा मानसिक सन्तुलन गुमाएका भनिएका भीमदत्त नगरपालिका–१९, धर्मभक्त टोलका दिलिपसिंह बिष्टलाई प्रहरीले बलात्कारपछि हत्या गरेको भनेर भदौ ४ गते सार्वजनिक गर्‍यो। निर्दोषलाई दोषी करार गरेको भनेर स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र ८ गते महेन्द्रनगरमा गोली चलेको थियो।

प्रहरीको गोलीले शनी खुनाएको ज्यान गयो भने कयौ घाइते भए। डिएनए रिपोर्ट मेल नखाएको भन्दै प्रहरीले दिलिपसिंहलाई रिहा गरेका थिए। भदौ ७ गतेका दिन नेपाल सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएर नयाँ टिम खटायो। नागरिकबाट

 

 

  • निर्मला हत्या
बुधबार, साउन १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.