धनगढी- कैलालीमा सामुदायिक वनको छेउमा लुकाइएको अवैध काठ फेला परेको छ। जिल्लाको कैलारी गाउँपालिका–१ मझेरा बम नगरबाट सामुदायिक वनको छेउमा लुकाएको अवैध काठ बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले लठुवा सामुदायिक वनको छेउमा लुकाएको अवस्थामा काठ बरामद गरेको हो।
अवैध सालको काठ १२ फिट २ वटा गोलिया, १४ फिट १ वटा गोलिया गरी जम्मा १२६.४७ क्यूफिट काठ बरामद गरेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। काठ आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय वसन्ताको जिम्मा लगाइएको छ।













