बागलुङ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा निसी खोला गाउँपालिका–३ की ३९ वर्षकी श्यामकुमारी विक, उनका छोराहरु १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको हो ।
केहीबेर अघि उनीहरुको शव निकालिएको प्रहरीले जनाएको छ ।















