धनगढी । कैलालीमा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार जिल्लाको धनगढी उपमहानगरपालिका-१९ गुम्बाचोकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय राजन सिंह र ३४ वर्षीय मनोज देवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















