धनगढी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई भन्सार विभागले जिम्मेवारीबाट हटाइएको छ ।
भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच उत्पन्न विवादका सम्बन्धमा सार्वजनिक भएका विवरणमाथि थप बुझ्नुपर्ने भन्दै विभागले भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएको हो।
भट्टलाई त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरिएको विभागले जनाएको छ।















