धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप लगाएका छन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुगेर मुख्यमन्त्री भट्टले जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप लगाएका हुन् ।
जापानीज इन्सेफलाइटिसबाट सुरक्षित रहन धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका ३० वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान सञ्चालन गरिएको छ ।
स्वास्थ्य कार्यालय कैलालीले ३० वर्षमाथिका सबै नागरिकलाई नजिकैको खोप केन्द्रमा पुगेर अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ ।















