धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिला सामुदायिक वनमा रुखबाट लडेर मृत फेला परेकी छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मृत्यु हुनेमा स्थानीय पार्वती साउद रहेकी छन् ।
साउद शुक्रबार दिउँसो घाँस काट्न गौरीगंगा–६ स्थित बाह्रवन सामुदायिक वनतर्फ गएकी थिइन् ।
साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनी रुखबाट लडेर मृत्यु भएको अवस्थामा आज बिहान बिहान करिब ९ बजे फेला परेकी हुन् ।















