• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

टीकापुरमा सिटिइभिटी अन्तर्गत एचएको पढाइ रोकियो

  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित

टीकापुर- कैलाली जोशीपुरकी पूजा महत्तोको प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) पढ्ने चाहना यसपालि पूरा नहुने भएको छ । सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा एचए पढ्न प्रवेश परीक्षाका लागि फाराम भरेका पूजालगायत विद्यार्थीले पढ्न नपाउने भएका हुन् ।

सो इन्स्टिच्युटले यस वर्ष भर्ना लिन नपाउने भएपछि विद्यार्थीहरूको एचए पढ्ने सपना पूरा नभएको हो । घर नजिकै पढ्न पाइने भएपछि जानकी गाउँपालिका दुगौलीका सुनील साउद पनि एचए पढ्ने तयारीमा थिए ।

टीकापुरमै पढ्ने योजना अनुसार प्रवेश परीक्षाका लागि फाराम भरेको साउदले बताए । एचए पढ्न नपाएका पूजा र सुनील अब व्यवस्थापन विषय पढ्ने तयारीमा छन् । २०४९ सालदेखि सिएमए पढाउँदै आएको सामुदायिक स्वास्थ्य इन्स्टिच्युटलाई सिटिइभिटीले स्तरोन्नति गर्दै यस वर्षदेखि ४० जना एचए पढाउन अनुमति दिएको छ ।

नेपाल सरकारले सिएमए फेजआउट गरेपछि एचए पढाउने अनुमति दिएको हो । सो अनुमति पाइसकेपछि इन्स्टिच्युटले थप ५५ लाख खर्च गरिसकेको छ, इन्स्टिच्युटका उपाध्यक्ष रङ्ग अधिकारीले भने , “संस्थाको ३० लाख लगानीमा प्रयोगशाला, सम्बन्धन शुल्कबापत पाँच लाख, धरौटी १५ लाख, निरीक्षण शुल्क एक लाख, कार्यालय व्यवस्थापनमा पाँच लाख खर्च भइसक्यो प्रयोगात्मक अभ्यासका लागि टीकापुर अस्पतालले सहमति दिएको छ ।

पाँच लाख जति कार्यालय व्यवस्थापन खर्च भइसकेको छ । प्रशिक्षक कर्मचारी भर्ना लिइसक्यौँ अन्तिममा एचए पढाउन नपाइने भनेपछि चकित भएका छौँ, उनले भने । २०८० साल साउन ५ गते ४० जनाको कोटा निर्धारण भएको र आवेदन फारम लिन अनुमति दिएपछि प्रवेश परीक्षाका लागि आवेदन लिएको सो इन्स्टिच्युटले जनाएको छ ।

इन्स्टिच्युटको डेढ बिघा जमिनमा आफ्नै तीनतले भवन छ । चिकित्सा शिक्षाको प्रवेश बिन्दु नै एचए र स्टाफ नर्सलाई मानेपछि सिएमए बन्द गरी एचए पढाउन थालेको हो । यसअघि ४० जना सिएमए पढाउँदै आएको संस्थालाई सिटिभिटीले ४० जना भर्ना लिन अनुमति दिएको थियो तर चिकित्सा शिक्षा आयोगले साउन ८ गते सूचना जारी गरी मान्यता नदिने भनेपछि प्रवेश परीक्षा रोकिएको छ ।

सिटिइभिटीका सूचना अधिकारी एकराज अधिकारी सिटिइभिटी र चिकित्सा शिक्षा आयोगबिच कार्य क्षेत्रलाई लिएर विवाद भएको बताउनुहुन्छ । २०४५ सालमा स्थापना भएको र पहिलेको जस्तै काम गर्दै आएको छ त्यस अनुसार नै भर्ना खुलायौँ तर चिकित्सा शिक्षा आयोगले केही संस्थाले आयोगको मापदण्ड पूरा नगरेकाले भर्ना लिन नपाइने भनेपछि रोकिएको छ ।

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले आयोगले अनुमति दिनुपर्ने संस्थालाई दिइसकेको र बाँकी विषय सिटिइभिटीको भएको बताए । सिटिइभिटी र चिकित्सा शिक्षा आयोगबिच समन्वय नहुँदा देशका ५० जति संस्थाले एचएको कक्षा सञ्चालन गर्न नपाउने भएका छन् ।

सिटिइभिटीसँगको सम्बन्धनमा ३० वर्षदेखि सिएमए पढाउँदै आएका सुदूरपश्चिमका तीनवटा संस्था स्तरोन्नति भएर पनि एचएको प्रवेश परीक्षा लिनबाट वञ्चित भएका छन् भने न्यायको ढोका ढक्ढक्याएका केही संस्थाहरूले अदालतको आदेशले भदौ ९ गते प्रवेश परीक्षा लिएका छन् । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडीको इजलासले बुटवल एकाडेमी इन्स्टिच्युट प्रालिसमेतलाई उत्प्रेषण मुद्दाको अल्पकालीन अन्तरिक आदेश दिएको छ ।

यस्तै इलाम टेक्निकल इन्स्टिच्युट, गुणराज पाठक मेमोरियल नर्सिङ कलेज वीरगञ्ज, पदमा हेल्थ कलेज धनगढीका हकमा उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानको इजलासले अन्तरिम आदेश दिएको छ । अदालतको आदेशले ती संस्थाहरूले भदौ ९ गते नै प्रवेश परीक्षा लिइसकेका छन् । गोरखापत्रबाट

  • एचएको पढाइ
मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.