• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

दार्चुलामा एक वर्षदेखि ज्याला नपाएको भन्दै मजदुरले गरे विद्यालयमा तालाबन्दी

  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित

दार्चुला- काम गरेको ज्याला नपाएको भन्दै नौगाड गाउँपालिका– २ तल्ला सुण्डमुण्डका मजदुरले विद्यालयमा तालाबन्दी गरेका छन् । एक वर्षअघि नै काम सम्पन्न भए पनि ज्याला भुक्तानी नभएको भन्दै उनीहरूले डाडाबाग आधारभूत विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारको समपुरक बजेट तथा थप गाउँपालिकाले व्यहोर्ने गरी ५ पुस ०७८ मा विद्यालय भवन निर्माणका लागि सम्झौता भएको थियो । प्रदेश सरकारले दुईकोठे विद्यालय भवन बनाउने तथा थप एक कोठाको खर्च गाउँपालिकाले व्यहोर्ने गरी भवन निर्माण गरिएको थियो ।

भवन निर्माण २४ असार ०७९ मै सम्पन्न भइसकेको छ । प्रदेश सरकारको २५ लाख तथा जनश्रमदानसहित कुल ३३ लाख ७३ हजार रुपैयाँमा भवन निर्माण गर्नुपर्ने उल्लेख थियो ।

स्थानीय सरकारमा नयाँ नेतृत्व आएसँगै बजेट भुक्तानी भएको थिएन । गाउँपालिकाले तिर्नुपर्ने ६–७ लाख रुपैयाँ भुक्तानी नभएपछि बाध्य भएर ताला लगाउनु परेको स्थानीय वीरसिंह ठगुन्नाले बताए ।

‘हामीले काम गरेको एक वर्षभन्दा बढी भइसक्यो,’ उनले भने ‘अहिलेसम्म रोकिएकै थियौँ ।’ तर, अझै पनि भुक्तानी हुने छाँटकाँट नदेखेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो । स्थानीय सरकारले चासो दिएर अनुगमन गरि भुक्तानी नदिए विद्यालयमा सधँै ताला गर्ने उनको भनाइ छ ।

मिस्त्री धनसिंह धामीले काम गरेको एक रुपैयाँ पनि नपाएको बताउँछन् । केही मजदुरले थोरैथोरै भए पनि प्रदेशको बजेटबाट भुक्तानी लिए आफूले अहिलेसम्म नपाएको उनको भनाइ छ । ‘कहिलेसम्म भुक्तानी देऊ भनेर भनिराख्ने रु निर्र्माण समितिले दिने हो कि पालिकाले हामीले काम गरेको ज्याला पाउनुपर्छ भनेका छौँ,’ उनले भने ।

निर्माण समितिले मजदुरको मात्रै दुई लाखभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको समितिका सचिव काशीसिंह ठगुन्ना बताउँछन् । पालिकाले भुक्तानी नगर्दा समस्या भएको उनको भनाइ छ ।

वडा नम्बर– २ का अध्यक्ष नरेन्द्रसिंह ठगुन्ना गत वर्ष गाउँपालिकाले अनुगमन गरेर बजेट भुक्तानी दिएको भए विवाद नआउने बताउँछन् । आफूले निरन्तर दबाब दिएपछि कार्यपालिका बैठकले विद्यालयको अनुगमन मूल्यांकन गरी बजेट भुक्तानी गर्ने निर्णय भएको उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले विद्यालय भवनको साथै घेरा पर्खाल लगाउनसमेत आग्रह गरेका थिए । तर, उपभोक्ताले पुरानो रकम भुक्तानी नभएको भन्दै पर्खाल लगाएका छैनन् । पालिकाले विद्यालयमा अनुगमन गराएर भुक्तानी प्रक्रिया खाता खुलेपछि गर्ने तयारी गरेको अध्यक्ष धामीको भनाइ छ । नयाँपत्रिकाबाट

  • विद्यालयमा तालाबन्दी
मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.