धनगढी- नेकपा माओवादी केन्द्र परशुराम नगर कमिटीको बैठक सुरु भएको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तर्गत डडेल्धुराको परशुराम नगर कमिटीको बैठक आज परशुराममा सुरु भएको हो ।
माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेशसिंह धामीको प्रमुख आतिथ्य बैठक सुरु भएको माओवादी केन्द्रले परशुराम नगर कमिटीले जनाएको छ ।
शेर सिंह मालको अध्यक्षयता सुरु भएको बैठकमा माओवादी केन्द्रका प्रदेश कमिटी सह-सचिव रामबहादुर देवकर,प्रदेश कमिटीका सदस्यहरुको उपस्थितिमा रहेको जनाइएको छ ।
नेकपा माओवादी केन्द्रले यही भदौ १६ गतेबाट गर्न लागेको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको तयारी सुदूरपश्चिममा तीव्र पारेको छ ।
माओवादी केन्द्रको प्रदेश समितिले अभियानमा खटिनका लागि नेताहरुको कार्यविभाजन गरेको छ भने जिल्लादेखि वडा तहसम्म पार्टी कमिटीका बैठकहरु भइरहेका छन् ।
















