• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

खाली खुट्टा हिँड्नुपर्ने बझाङको बिरीजात

  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित

बझाङ- जिल्लाको सुर्मा गाउँपालिकाको ठगुन्नामा लाग्ने बिरी जात्रामा खाली खुट्टा हिँड्नु पर्ने धार्मिक मान्यता रहेको छ । यहाँ जाने भक्तजनहरू यो मेला अवधिमा जो कोही पनि खाली खुट्टा नै हिड्डुल गर्नु पर्ने हुन्छ । सुर्मादेवीको आस्था गर्ने जिल्लाका भक्तजनहरू यो मेलामा घर बाटै खाली खुट्टा हिँडेर मेला जाने गर्दछन् ।

कतिपय पुरुष भक्तजनहरू त ४३ सय मिटर माथि हिमाली क्षेत्रमा रहेको सुर्मासरोवर ताल कुण्डमा पुगेर फिर्ता हुने गर्दछन् । यहाँ पनि खाली खुट्टा नै जानुपर्ने हुन्छ ।

मेला लाग्ने स्थान ठकुन्नाडा गाँउमा नै जुत्ता चप्पल निकालेर मन्दिर स्थल साथै सुर्मासरोवर जाने बाटो आसपास क्षेत्रसम्म जुत्ता चप्पल लगाउदैनन । मेलाको यो समयमा महिलाहरूले सुर्मा सरोवर ताल जान नहुने तर बीच बाटो लोट्ने भन्ने ठाउँ सम्म मात्र महिलाहरूले जाने हुने मान्नेता रहेको छ ।

त्यस ठाउँमा पुगेका महिलाहरूले सुर्मा सरोबर बाट स्नान गरेर फर्केका लोग्ने मान्छेहरू लाई दुवो लगाइ दिने उनीहरूले सरोवरको जल खुवाउने , तालको माटोको टिका लगाइ दिई सुर्मादेवीको आर्शिकवाट दोहरो आदान प्रदान गर्ने प्रचलन रहेको छ ।

बिरिजात पर्व बर्षेनी एकादशी देखी पूर्णिमा सम्म लाग्ने गर्दछ । खास गरि यो मेलामा सुर्मादेवी माताको पूजा आराधाना गर्ने प्रचलन छ । मेलामा भक्तजनहरूले जे वर माग्यो सुर्मादेवी ले त्यो वर दिन्छ भन्ने मान्यता रहेको हुँदा यहाँ मान्छेको भिडभाड हुन्छ ।

सुर्मा देवीका धामी झाँक्री सहितको सुर्मा मन्दिर र हिमालको सुर्मा सरोवर सम्मको यात्रा गरिने हुँदा यो मेला पाँच दिन सम्म चल्ने गर्दछ ।
यसपाली पनि आइतबार बाट लागेको यो मेला बिहीबार सकिएको छ । यसपाली ठुलो मेला परेकाले चार पाँस सय मान्छे सुर्मा सरोवर पुगेका बताइन्छ ।

मेलामा देवता चल्ने, चाँभाइ खेल्ने, ढाँकी बाजा बजाउने , फाग गाउने गर्दछन् । साथै भलिबल खेल, डेउडा खेल्ने गर्दछन् । सुर्मादेवीका आलीपालीका मान्छेहरू यो मेला सुरु हुने समय देखी मासु लसुन खाँदैनन् । यो समयमा दार्चुलामा पनि पर्व लाग्ने हुँदा दार्चुलाका भक्तजनहरू पनि सुर्मासरोवर तालमा भेटिने गरेको भक्तजनहरू बताउँछन् ।

  • बिरीजात
बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.