काठमाडौं- शिव शिखर सहकारीको संगठित ठगीका नाइके केदारनाथ शर्मा जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो ।
जसमा उनी थुनामा गएको र पक्राउ परेका अन्य तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।















