धनगढी- कैलाली प्रहरीले कैलारी गाउँपालिकाबाट २२ हजारको अवैध पान मसला (सिस्टम) बरामद गरेको छ। शुक्रवार इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको एक सय पोका पान मसला बरामद गरेको जनाएको छ।
कैलारी गाउँपालिका–९ गदरियास्थित भित्री सडक खण्डमा बनकट्टाबाट गदरिया तर्फ जाँदै गरेका १७ वर्षीय दिपेश चौधरीले चलाएको से ३ प ३२ नम्बरको मोटरसाइकलबाट उक्त पान मसला बरामद गरिएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ ।
प्रहरीले बरामद सामान‚ मोटरसाइकलसहित चौधरीलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको जनाएको छ ।













