• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

सुदूरपश्चिममा कानुन बन्छन्, कार्यान्वयन हुँदैनन्

  •   शनिबार, भदौ १६, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाएको एक वर्ष बितेको छ। २०७९ साल भदौमा बनेको सो ऐन कार्यान्वयनमा नआउँदा कानुनी रूपमा प्रदेश सरकारसँग प्रहरी नै छैन। आफूमातहत प्रहरी नहुँदा केन्द्र सरकारको सुरक्षा संयन्त्र अवलम्बन गर्नुपर्ने बाध्यता छ।

सो ऐनको परिच्छेद १ को खण्ड १ को (२) मा लेखिएको छ, “यो ऐन प्रदेशभर तुरुन्त प्रारम्भ हुने छ।” त्यस्तै प्रदेश निजामती सेवा ऐन बनेको पनि एक वर्ष बितिसक्यो। तुरुन्त प्रारम्भ हुने लेखिएको यो ऐन पनि कागजी खोस्टोका रूपमा मात्रै छ।

सुदूरपश्चिम प्रदेशमा बनेका अधिकांश ऐन कार्यान्वयन हुन सकेका छैनन्। आफूहरूको पालामा बनेको अधिकांश ऐन कार्यान्वयनमा नरहेको निवर्तमान प्रदेश सभा सदस्य महेशदत्त जोशीले बताए । “हाम्रो पालामा धेरै ऐन बनायौँ, यो गर्व गर्ने विषय हो,” उनले भने, “तर, कोही पनि कार्यान्वयनमा छैनन्।”

प्रदेश सभाको पहिलो कार्यकालमा ६६ वटा ऐन कानुन बनेका थिए। जसमध्ये ४४ वटा मूल कानुन र २२ वटा अन्य विधेयक छन्। प्रदेशमा बनेको अर्थ विधेयकबाहेक अन्य ऐन कानुन कार्यान्वयनको अवस्था फितलो रहेको जोशीको ठहर छ।

उनले वर्तमान प्रदेश सभा सदस्यलाई नयाँ कानुन बनाउनुभन्दा पनि बनेका कानुन कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गरे । “बनेका ऐन कानुन कार्यान्वयनतिर ध्यान दिने हो भने प्रदेशको धेरैजसो समस्या समाधान हुने छ।

कतिपय ऐन कानुन सङ्घ ९केन्द्र सरकार० मा नबनेकाले प्रदेशलाई कार्यान्वयन गर्न समस्या छ। यस्तै केन्द्रले हस्तक्षेप गर्ने, प्रदेशले अधिकार प्रयोग गर्न नपाउनेलगायतका समस्या देखिएका छन्। खास गरेर आकर्षक ठाउँमा केन्द्रको हस्तक्षेप जारी रहेकाले कानुन कार्यान्वयनमा समस्या देखिएको प्रदेश सभा सदस्य अक्कलबहादुर रावलको बुझाइ छ।

अघिल्ला प्रदेश सभामा पनि पाँच वर्षे कार्यकालमा बिताउनुभएका सदस्य रावलले भने, कानुनमा भएको कुरा जस्ताको त्यस्तै प्रदेशलाई लागु गर्न अधिकार नदिएसम्म प्रदेशले बनाएको कानुन कार्यान्वयन गर्न गाह्रो छ।

सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयन, सरकार सञ्चालन, मन्त्रीपरिषद्का पदाधिकारीसहित प्रदेश सभा सदस्यको सेवा सुविधा निर्धारण, सुशासन, आर्थिक पारदर्शिता, वनजङ्गलको संरक्षण, कृषि, उत्पादन, प्रदेश प्रहरी गठनसम्बन्धीलगायतका महत्वपूर्ण ऐन बनिसकेका छन्।

सरकार सञ्चालनदेखि सुविधासँग सम्बन्धित कानुन कार्यान्वयनमा रहे पनि जनताको सरोकारसँग सम्बन्धित कानुन कार्यान्वयनमा छैनन्। प्रदेशले बनाएको महत्वपूर्ण प्रदेश लोक सेवा ऐन, २०७६ भने कार्यान्वयनमा छ। यही कानुनका आधारमा प्रदेश लोक सेवा आयोगले कर्मचारी भर्ना गरिरहेको छ।

कतिपय कानुन कार्यान्वयन भए पनि धेरै जसो कानुन कार्यान्वयनमा नआएको प्रदेश सभा सदस्य दिवानसिंह विष्टले बताए । संसदीय समितिहरू भए पनि समितिका सभापति चयन नभएका कारण बनेका कानुन कार्यान्वयनको सवाल र नयाँ विधेयकमाथि छलफल गर्न समस्या देखिएको छ। गोरखापत्रबाट

  • कानुन बन्छन्
शनिबार, भदौ १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.