• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

बझाङमा राजनीतिक दलहरूको खिचातानीले विद्यालय प्रधानाध्यापक विहीन

  •   शनिबार, भदौ १६, २०८० मा प्रकाशित

बझाङ- स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुको खिचातानीका कारण बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ देउलिकोट स्थित केदार माध्यामिक विद्यालय देउलिकोट २०७८ साल पुस ४ गते देखि प्रधानाध्यापकविहीन अवस्थामा संचालन हुँदै आएको छ ।

प्रधानाध्यापक नहुँदा उक्त विद्यालयका शिक्षक वासुदेव जोशीले निमित्त प्रअको जिम्मेवारी लिएर काम गर्दै आएका छन् । तर निमित्त प्रअ भएर काम गरिरहेका जोशीले पनि राजनीतिक पुवौग्रहकै कारण नियम विपरित निमित्तको जिम्मेवारी पाउनु भएको हो ।

वि.स. ०७८ पुस ४ गते उक्त विद्यालयका नि।वर्तमान प्रधानाध्यापक ललितबहादुर सिंहको अवकास पछि निमित्त प्रअको जिम्मेवारी उक्त विद्यालयका वरिष्ट शिक्षक लालसिंह पुजारालाईले पाउनुपर्ने हुन्छ ।

शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ मा सामुदायिक विद्यालयको प्रधानाध्यापकले कुनैपनि कारण विद्यालयमा अनुपस्थित भएमा वा प्रधानाध्यापक पद रिक्त भएको खण्डमा प्रधानाध्यापक नियुक्ति नहुन्जेलसम्मका लागि त्यस विद्यालयको वरिष्ठ स्थायी शिक्षक निमित्त भई कामगर्ने व्यवस्था रहेको छ ।

सो व्यवस्था अनुसार निमिक्त प्रधानाध्यापकको जिम्वेवारी उक्त विद्यालयका प्रथम श्रेणी मावि उच्च वरिष्ठ शिक्षक लालसिंह पुजाराले पाउनुपर्ने भएपनि विव्यस अध्यक्ष मान बहादुर बिष्टले आफु निकटका शिक्षक वासुदेव जोशीलाई निमित्त प्रअको जिम्मेवारी दिएका छन् । यस अघि पनि कुनैपनि निर्णय बिनानै निमित्त प्रधानाध्यापको जिम्वेवारी काग्रेंस निकट भएकै कारण गोपाल दत्त भट्टले पाउनु भएको थियो ।

उनले राजीनामा दिएपछि फेरि राजनैतिक पुर्वआग्रहकै कारण वासुदेव जोशीलाई निमित्त प्रअको जिम्मेवारी दिईएको हो । नगरपालिकाले प्रअ छनोटको प्रक्रिया अगाडी बढाउनको लागि असार महिनानै पत्र पठाएको भएपनि राजनीतिक विवादका कारण प्रअ नियुत्तीमा विवाद आएकोे हो ।

यसरी विद्यालयलाईनै राजनीतीको अखडा बनाएपछि छोराछोरीको भविष्यमाथि खेल्न खोजेको भन्दै अविभावकले चिन्ता व्यक्त गरेका छन् । निवर्तमान नगरप्रमुख धनबहादुर बिष्टको वडामा रहेको उक्त विद्यालयमा विव्यस समिती गठन गर्नकै लागि पनि लामो समय विवाद भएको थियो ।

यस विषयमा वरष्टि शिक्षक पुजाराले भने राजनितीकै कारण आफुले पाउनु पर्ने अधिकार समेत गुमाउनु परेको बताए । उनले भने पछिल्लो समय काग्रेका स्थानिय नेताहरुले राजनितीक आस्थाकै कारण आफुलाई फरक व्यवहार देखाएर विद्यालयको प्रधानाध्यापक हुन छनोटमा पनि आनाकानी गरिरहेको बताए ।

उक्त विद्यालयको २०६६ साल देखी विद्यालयको सामाजिक लेखा परक्षिण पनि भएको छैन । साथै निवर्तमान प्रधानाध्यापक ललित बहादुर सिंह अवकास प्रात भएको १८ महिना बितिसक्दा पनि वरबुझारथ नबुझाएको पाइएको छ ।

शिक्षा ऐनमा कुनै पनि विद्यालय बाट अवकास प्राप्त प्रधानाध्यापकले अवकास परेको १५ दिन भित्र आफ्नो जिम्मामा रहेको नगत जेंन्सी समान विद्याललयलाई बुझाउ पर्ने हुन्छ तर सिँहले अहिले सम्म नबुझाएको निप्रअ वासुदेव जोशीले बताए ।

विद्यालयमा शिक्षक शिक्षिकाको मनपरी : विदा विनानै विद्यालयमा अनुपस्थित

उक्त विध्यालयमा शिक्षक शिक्षिकाहरुले पनि मनपरी गररिहेको स्रोतले बताएको छ । उक्त विद्यालयमा कार्यरत प्रावि शिक्षिका निर्जला सिँह यहि भाद्र ३ गतेदिखी हाल सम्म विद्यालयमा हाजिर हुनु भएको छैन ।

साउन ५ गते विद्यालयमा बर्षे विदा भएपछि काठमाडौं जानुभएको उहाँ भाद्र ३ गते देखि विद्यालय संचालन भएपनी विध्यालय प्रशासनलाई कुनै जानकारी नदिई, विदानै नलिइ जानुभएको हो ।

हालसम्म उहाँ विद्यालयमा उपस्थित हुनुभएको छैन । विद्यालयमा प्रअ नियुक्ति गर्न नसक्दा माविमा १० महिना देखी रित्त रहेको नेपाली विषयको शिक्षक भर्ना पनि गर्न सकिएको छैन । साथै विद्यार्थीको पढाई लगायत आर्थिक तथा प्रशासनिक काममा पनि समस्या भएको विद्यायलयले बताएको छ ।

ँ

  • प्रधानाध्यापक विहीन
शनिबार, भदौ १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.