• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल

  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित

टीकापुर- कैलालीको टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको छ । एकतीस हप्ताको एक किलो चार सय ५० ग्रामको बच्चालाई अस्पतालले एक महिनाको उपचारपछि घर पठाएको छ ।

टीकापुर नगरपालिका–९ झुङ्गाकी विनिता चौधरीले ३१ हप्तामै छोरी जन्माएकी थिइन् । विनिताले ३१ हप्तामै बच्चा जन्माए पनि बच्चाको तौल कम र समय कम भएकाले बच्चा बचाउन कठिन थियो । यही कठिनाइलाई अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुर र नर्सिङ अधिकृत मञ्जु पौडेल लगायतको टोलीले ३० दिन लगाएर बच्चालाई बचाउन सफल भए ।

बच्चा बचाउन सफल भएपछि चिकित्सकको टोली खुसी भएको छ । अस्पतालका बालरोग विशेषज्ञ डाक्टर ठाकुरले बच्चालाई जटिल समस्या भए पनि ३० दिनको उपचारपछि घर पठाएको बताए । “मलाई पनि खुसी लागेको छ, बच्चा पटक–पटक श्वास फर्न बिर्सने, निलो भइहाल्थ्यो, सबैको प्रयासमा बचाउन सकियो”, उनले भने, “समय अगावैको बच्चा बचाउन निकै चुनौती हुन्छ ।”

डाक्टर ठाकुरका अनुसार यसअघि ३२ हप्ता माथिका बच्चाको उपचार भए पनि ३१ हप्ताको बच्चा पहिलो पटक उपचार गरेको र उपचारमा लामो समय लागेको हो । बच्चा घर फर्कदा एक किलो सात सय ग्राम पुगेको थियो ।

समय अगावै जन्मेको बच्चालाई विभिन्न खाले सङ्क्रमणको जोखिम, कमलपित्त देखिने जस्ता समस्या हुन्छन् । टीकापुर अस्पतालमा एनआइसियु सुविधा नभएकाले बच्चालाई अक्सिजनले मात्र काम नगर्दा चिकित्सकले ३० दिनको प्रयासपछि बच्चाको स्वास्थ्यमा सुधार आयो । “सिप्याप मेसिन हामीसँग छैन, सिप्याप मेसिन नभएकाले वाटर बबलको सहायतामा बच्चालाई श्वास लिन नबिर्सियोस् भनी सघायौँ”, उनी भन्छन्, “हामीले बोतलमा पानी भरेर ‘बबल सिप्याप’ बनाएर सास फेर्न सहज बनायौँ ।”

डाक्टर ठाकुरले समय अगावैको बच्चा जोगाउन चुनौती धेरै हुने जनाउँदै बच्चाका अभिभावकले गरेको विश्वास र सहयोगले थप हौसला मिलेको बताए । उपचारका क्रममा बच्चालाई दुई पटक कृत्रिम श्वास दिनुपरेको र दुई पटक रगत चढाइएको थियो । बच्चालाई २६ दिनसम्म अक्सिजनमा राखिएको थियो । बच्चालाई उपचारकै क्रममा कमलपित्तसमेत देखिएपछि फोटो थेरापी उपचारसमेत गरिएको बताइएको छ । यसका साथै ‘केएमसी’ (मायाको अंगालो) पद्धती आमालाई सिकाइएर उपचार गरेको नर्सिङ अधिकृत मञ्जु पौडेलले बताइन् ।

“अभिभाभकले नआत्तिकन साथ दिए, उनीहरुको आर्थिक अवस्था पनि कमजोर थियो”, उनले भनिन्, “रगत पनि निःशुल्क उपलब्ध गराइयो, निकै मेहनतपछि बच्चा बचाउन सकियो ।” एक महिनाको उपचारपछि बच्चाको स्वास्थ्यमा सुधार आउँदा सुत्केरी विनिता र उहाँको परिवार निकै खुसी भएको छ ।

“एकातिर पहिलो सन्तान, त्यसैमाथि समय अगावै बच्चा तयारै नभएर जन्मियो”, उनले भनिन्, “चिकित्सक भगवान हुने रहेछन्, सास नै नफेर्ने मेरो बच्चा निकै मेहनत गरेर बचाइदिनुभयो, म उहाँहरुप्रति कृतज्ञ छु, मैले ३० दिन अस्पताल बस्दा बच्चाको स्याहारबारे धेरै कुरा सिकेकी छु ।”

टीकापुर अस्पतालमा दैनिक ५० बढी बच्चा उपचारमा आउने गरेका छन् । अस्पतालमा भौतिक पूर्वाधार शय्या अभावले भर्ना हुनका लागि पालो कुर्नुपर्ने बाध्यता छ । एकाउन्न शय्याको मात्र अनुमति पाएको टीकापुर अस्पतालमा अस्पताल आफैले थपेर ७८ शय्या सञ्चालनमा ल्याएको छ । अस्पतालमा २५ देखि ३० जनासम्म बच्चा मात्रै भर्ना भएर उपचार लिइरहेका हुन्छन् ।

अस्पतालमा कैलालीको टीकापुर, भजनी, लम्कीचुहा, घोडाघोडी नगरपालिका, जानकी, जोशीपुर, बर्दगोरिया गाउँपालिकाका साथै बर्दियाको राजापुरका बिरामी पनि उपचारमा आउने गरेका छन् । अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि यस क्षेत्रका बिरामीलाई राहत भएको छ । विशेषगरी बालरोग सेवाले बच्चाका अभिभावकलाई ठूलो राहत भएको स्थानीय बताउँछन् ।

 

  • जटिल प्रकृतिको उपचार
आइतबार, भदौ १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.