• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ८ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

शुक्लाफाँटा नगरपालिकाको बहुवर्षे गौरवका योजना कार्यान्वयनमा

  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले नगरका बहुवर्षे गौरवका योजना निर्माणको कार्य अगाडि बढाएको छ । नगरपालिकाले नगर चक्रपथ र खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाएको हो । नगरस्तरीय कभर्ड हल निर्माणका लागि जग्गा छनोट गरी ठेक्का सम्झौता गरिएको छ ।

नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख इञ्जिनीयर दीपक धामीका अनुसार नगर चक्रपथ सडक पहिलो चरणमा वडा नं १, २, ३ र १२ मा दुई दशमलव ६७ किलोमिटर लम्बाइको निर्माण हुनेछ ।

त्यसका लागि एडभान्चर, राजधानी र नार्गाजुन जेभीसँग ठेक्का सम्झौता भई सडक स्तरोन्नतिको कार्य भइरहेको छ । चक्रपथ सडक निर्माणका लागि नगरपालिकाले रु एक करोड ६४ लाख ४७ हजार पाँच सय ६१ बजेट विनियोजन गरेको छ ।

सो सडकको चौडाई नौ मिटर रहेको छ । नगरपालिकाका सबै वडामा सात दशमलव ६७ किलोमिटर मुख्य बाटो पानी पिचको कार्य अगाडि बढाइएको इञ्जिनीयर धामीले बताए ।

“नगरस्तरीय कभर्ड हल निर्माणका लागि वडा नं १० मा जग्गा छनोटको कार्य गरेका छौँ”, उनले भने, “छनोट गरिएको जग्गाको क्षेत्रफल पाँच सय १० दशमलव ६८ वर्गमिटर रहेको छ ।” एसएनएस जयलक्ष्मी जेभी नेपालगञ्जसँग कवर्ड हल निर्माणका लागि रु दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ मा ठेक्का सम्झौता गरिएको छ । दुई वर्षभित्रै कवर्ड हल निर्माणको कार्य पूरा गर्नका लागि समय सीमा निर्धारण गरिएको छ ।

यसैगरी वडा नं २ लक्ष्मीपुरमा उच्चाकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनीसँग रु छ करोड आठ हजार चार सय १४ मा खानेपानी आयोजना निर्माणका लागि ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाइएको छ । निर्माण कम्पनीले खानेपानीका लागि बोरिङ जडानका लागि ड्रिल गर्ने कार्य अगाडि बढाएको छ । दुई सय २५ घनमिटरको ओभरहेड ट्याङ्की निर्माणको कार्य पनि अगाडि बढाएको इञ्जिनीयर धामीको भनाइ रहेको छ ।

खानेपानी योजना आउँदो असार मसान्तभित्रै सम्पन्न गरिने बताइएको छ । नगरपालिकाले बहुवर्षे नगर गौरवका योजनासँगै दीर्घकालीन परियोजनासमेत सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका डुबान क्षेत्रको पहिचान र बाढीको पानी निकासका लागि विस्तृत परियोजना तयार गरेको छ ।

बाह्रौँ वडा भएर बग्ने ठूला नदी सुनवरा, स्याली, वनहरा गरी अन्य खोलानालासहित जम्मा एक सय ३० किलोमिटर क्षेत्रको सर्भे गरी जोखिम प्रभावित क्षेत्र पहिचानको कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले बताए ।

“नदी क्षेत्रको ३६ किलोमिटर दुवै किनारा गरी ७२ किलोमिटर क्षेत्र अति प्रभावित क्षेत्रका रुपमा पहिचान गरेका छौँ”, उनले भने, “त्यसका लागि नदी नियन्त्रण संरचना निर्माण गर्नुपर्ने देखिएको छ, जसको लागत रु एक करोड ८८ लाख २७ हजार एक सय ७७ प्रति किलोमिटर हुन आउछ ।”

नगरपालिकको बजेटले नभ्याउने भएकाले नदी नियन्त्रण संरचना निर्माणका लागि प्रदेश र सङ्घीय सरकारलाई पत्राचार गरिएको उहाँले जानकारी दिए । उनका अनुसार नगरपालिकाका १२ वटै वडाका ५२ क्षेत्र डुबान हुने क्षेत्रका रुपमा पहिचान गरिएका छन् ।

डुबान क्षेत्रको पानी निकासका लागि नाला निर्माण गरी खोलासँग जोडन रु नौ करोड ८७ लाख २१ हजार तीन सय ४७ खर्च लाग्ने अनुमान गरिएको छ । नगरपालिकामा सडक सञ्जाल तीन सय ३८ दशमलव १५ किलोमिटर रहेको छ ।

त्यसमध्ये ५१ दशमलव २८ कालोपत्र, ४८ दशलव ६३ कच्ची र दुई सय ३८ दशमलव २४ किलोमिटर सडक ग्राभेल रहेको छ । ग्राभेल गरिएका सडकलाई कालोपत्र गर्न र कच्ची सडकको स्तरोन्नति गरी ग्राभेल राख्ने तथा पानी पिच गर्ने कार्यलाई अगाडि बढाइएको छ ।

  • बहुवर्षे गौरवका योजना
आइतबार, भदौ १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ८ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.