धनगढी- धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा रहेको शैलेश्वरी आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकहरूलाई सोहीवडाको शारदा माध्यामिक विद्यालयले स्वागत गरेको छ ।
धनगढी उपमहानगरपालिकाले शैलेश्वरी आधारभूत विद्यालयलाई शारदा माध्यमिक विद्यालयमा समायोजन गरेपछि शैलेश्वरीबाट आएका विद्याथी र शिक्षकलाई स्वागत गरेको हो ।
शारदा माध्यमिक विद्यालय प्राचार्य तेजबहादुर सिंहले शैलेश्वरीबाट आएको शिक्षक र विद्यार्थिलाई फुलमालासहित स्वागत गरिएको बताए ।
समायोजन भएर आएका ५० जना विद्यार्थीहरूलाई निः शुल्क पोषाक र कक्षा १–३ सम्म अंग्रेजी माध्यमका पाठ्यपुस्तक समेत वितरण गरिएको शारदा माध्यमिक विद्यालय प्राचार्य सिंहले बताए ।













