• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १० घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

कैलालीको घोडाघोडी अस्पतालबाट बिमा सेवा हटाइएपछि बिमितलाई सास्ती

  •   मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका-१ का ३९ वर्षीय विजय लामिछानेले पाँच वर्षअघि स्वास्थ्य बिमा गरेका थिए । उनको परिवारमा तीन जना सदस्य दीर्घरोगका बिरामी छन् । उनको परिवारबाट स्वास्थ्य बिमाको सेवा ६ जनाले लिइरहेका छन् । बिमा गरेसँगै उनले घोडाघोडीको सुखडमा रहेको निजी अस्पताल ‘घोडाघोडी अस्पताल’बाट राम्रो सेवा लिइरहेका थिए ।

घर पायक पर्ने अस्पतालमा सहुलियत दरमा उपचार हुने, खासै बिरामीको चाप नहुने, दक्ष जनशक्ति र गुणस्तरीय सेवा पाइरहेका उनी केही समय अघि मक्ख थिए । अस्पतालमा अहिले स्वास्थ्य बिमा सेवा बन्द भएपछि उनी चिन्तित भएका छन् । केही दिन अघि अस्पतालबाट स्वास्थ्य बिमा सेवा हटाइएको थाहा पाएपछि आगामी दिनमा उपचारमा समस्या हुन सक्ने भन्दै गुनासो पोख्छन् ।

घर नजिकै रहेको अस्पतालबाट पाइरहेको बिमा सेवा हटाइँदा निम्न वर्गका परिवारको घाँटी निमोठिएको उनी बताउँछन् । निजी अस्पतालमा सेवा सुविधा राम्रो पाएपनि सामान्य व्यक्तिलाई आर्थिक अभावका कारण स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहन बाध्य रहेको लामिछाने बताउँछन् ।

‘घोडाघोडीमा बिमा सेवा हुँदा उपचार सहज थियो । अब हामीले सेवा पाउने भनेको धनगढीको सेती अञ्चल अस्पतालबाट हो तर त्यहाँबाट सेवा लिन धेरै किसिमका झन्झट पार गर्नुपर्छ,’ उनी भन्छन्, ‘मासिक रुपमा अस्पताल धाइरहनुपर्ने र दैनिक औषधीको साहारामा बाँच्नुपर्छ । निजी अस्पतालमा उपचार गर्न खर्च धेरै लाग्छ । यहाँ सरकारी अस्पताल छैन । सरकारी अस्पतालबाट सेवा लिन जाँदा समय धेरै लाग्ने र उपचार पनि राम्रो नहुने समस्याहरु धेरै भोग्नुपर्छ ।’

घोडाघोडीमा हालसम्म सरकारी अस्पतालको निर्माण हुन सकेको छैन । नगरपालिकाले नगर अस्पताल बनाउने योजना बनाएपनि अहिलेसम्म अस्पताल कहिले बन्ने भन्ने टुङ्गो छैन । यसो हुँदा नगरवासीहरु सस्तो उपचार खोज्दै टीकापुर, जोशीपुर, लम्की, धनगढीलगायत सहर र बाहिरी जिल्लासम्म पुग्न बाध्य छन् । आगामी दिनमा स्वास्थ्य बिमा नवीकरण नगर्ने स्थितिमा पुगेको बिमित लामिछाने बताउँछन् । घोडाघोडी ८ की इभावती गुरुङ दीर्घ रोगकी बिरामी छन् ।

उनलाई सुगर, दम, ढाडको समस्यालगायत अन्य विभिन्न समस्या बेला-बेला आइ लाग्छन् । उपचारका लागि ठूलो खर्च जुटाउन उनको परिवारको आम्दानीको स्रोत पछि छैन । सरकारले स्वास्थ्य बिमा लागु गरेपछि गाउँ गाउँमा सहजकर्ता खटाइएको थियो । गाउँकै एक जना महिला सहजकर्ताबाट उनले स्वास्थ्य बिमा सम्बन्धि जानकारी लिएर बिमा गरेकी थिइन् । बीमा गरेपछि उपचारमा उनलाई ठूलो राहात मिलेको थियो ।

तर, अहिले अस्पतालमा बिमा सेवा बन्द भएपछि आफू समस्यामा परेको उनी बताउँछिन् । ‘केही दिन अघि अस्पताल गएको बिमाको कार्ड अब चल्दैन भने । सामान्य उपचार गर्दा पनि ५र७ हजार खर्च हुन्छ । गाउँ ठाउँमै उपचार हुने अस्पताल छाडेर अन्त जाँदा त्यति खर्चले भ्याउँदैन । अब सबै पैसा खर्च गरेर दबाई पानी गर्न पनि सकिँदैन्,’ उनी भन्छिन्, ‘सरकारबाट गरिब र अशक्तले यही सुविधा पाएका थिए ।

त्यही पनि बन्द भयो ।’ घोडाघोडीमा स्वास्थ्य बिमा बन्द हुँदा आर्थिक रुपमा कमजोर भएका परिवारलाई बढी समस्या परेको बीमा सहजकर्ता मालती विकले बताइन् । पालिकामा अधिकांश न्यून आय स्रोत भएका परिवारको बसोबास छ । जसलाई दुई छाक खाना जुटाउन समेत मुस्किल पर्छ । पालिकामा धेरैजसो त्यस्ता परिवारमा दीर्घरोगका बिरामी भएका कारण उपचारमा सहुलियत हुने भएका कारण बिमा गर्ने बिमितहरु थिए ।

बाहिरी जिल्लामा गएर उपचार गर्न नपर्ने र शल्याक्रियाको समेत घोडाघोडी अस्पतालमै सुविधा हुँदा अधिकांश बिमितहरु अस्पतालबाट सन्तुष्ट थिए । तर, अहिले अस्पतालमा बिमा सेवा बन्द हुँदा बीमितहरु मर्कामा परेको उनको भनाइ छ । यता, अस्पतालमा पनि बिमा सेवा बन्द भएपछि बिरामीको चाप घटेको अस्पतालका सूचना अधिकारी स्वमेन्द्र चौधरीले बताए ।

पछिल्लो समय घोडाघोडीका बिरामीहरु सरकारी अस्पताल खोज्दै लम्की चुहा, टीकापुर धनगढीलगायतका ठाउँमा पुग्न बाध्य भएको उनले जानकारी दिए । स्वास्थ्य बिमा बोर्डको ३२ साउन २०८० बसेको बैठकले अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका निजी अस्पतालहरूबाट बिमा सेवा हटाइएको जनाएको हो ।

जसअन्तर्गत कैलालीबाट चार स्वास्थ्य संस्थामा प्रदान गर्दै आएको स्वास्थ्य बिमा सेवा बन्द गराएको छ । गेटा आँखा अस्पताल, घोडाघोडी हस्पिटल, लाल रत्न हस्पिटल र नवजीवन हस्पिटलबाट बिमितले सेवा लिँदै आएका थिए ।

  • बिमितलाई सास्ती
मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १० घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.