धनगढी- धनगढी उपमहानगरपालिका–१ बुद्ध मार्गमा रहेको हिल वर्ल्ड ईङगलिस बोर्डिङ स्कुलमा भएको नृत्य प्रतियोगितामा ऐश्वर्य कुँवर प्रथम भएकी छन् ।
बुधवार कृष्ण जन्माष्टमीको अवसरमा आयोजित नृत्य प्रतियोगितामा कक्षा १० मा अध्ययनरत कुँवरले प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा द्धितीय रिसव गुप्ता र तृतीय सपना ढकाल भएका छन् ।
गुप्ता र ढकाल नर्सरीमा अध्ययनरत विद्यार्थी हुन् । प्रथम, द्धितीय र तृतीय छात्रछात्राहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हिलवर्ल्ड ईङगलिस बोर्डिङ स्कुलका प्रिन्सिपल डिआर शर्माले बताए । स्कुलमा अन्य विभिन्न कार्यक्रमहरू समेत गरिएको उनले बताए ।
प्रतियोगितामा विद्यार्थी, अभिभावक र शिक्षक शिक्षिकाहरुको सहभागिता थियो ।

















