• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ११ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

बडीमालिका मन्दिरका पुजारीले दलितकाे पूजा थाली नै फालिदिएपछि…

  •   बिहिबार, भदौ २१, २०८० मा प्रकाशित

बाजुरा- बाजुरा सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरमा फेरि दलित माथि विभेद गरिएको छ। श्रीकृष्ण जन्मअष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित युवतीले गुनासो गरेका छन्।

बडीमालिका ८ मा बडीमालिका मन्दिर स्थापना गरिएको छ। बडीमालिका धार्मीक यात्राको प्रवेशद्धवारमा स्थापना गरिएको मन्दिरमा हरेक चाड पर्वको अवसर पारी मेला लाग्ने गरेको छ। पुजाका लागि मन्दिर पुगेका युवतीहरुलाई बडीमालिका नगरपालिका ८ का दलबहादुर रावलले तिमीहरुको हक छैन्, भन्दै टिका लगाउन अस्वीकार गरेका हुन्।

पुजारीले बडीमालिका नगरपालिका ८ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, बर्षा विक, सावित्रा विक, विपना विक सहीतको टोली माथि विभेद गरेका हुन्। सँगै रहेका अरुलाई केही नभनी टिका लगाएको र आफूहरुलाई चामलका दानाले हिर्काउँदै तिमीहरु किन आएको, यो तिमीहरुको हक नलाग्ने ठाउँ हो, गइहाल भन्दै सार्वजनिक रुपमा अपमान र विभेद गरेको पीडित संगीता विकले बताएकी छन्।

लाइनमा गैर दलित र दलित दुबै समुदायका व्यक्तिहरु थिए। नचिनेका सबैलाई केही नभनि टिका लगाइ दियो, जब हाम्रो टोली मन्दिरको गेट पुग्ने बेला हातको पुजा थाली समेत बाहिर फालिदिएको संगीताको दुखेसो छ।

संगीतासहितको टोली विहान साढे ८ बजे मन्दिर पुगिसकेको थियो । दर्शन गर्नेको लाइन बाक्लो भएपछि उनीहरुले सुरुमा लाइनमा नबसी फोटो भिडियो खिच्ने र टिकटक बनाएका थिए। साढे ९ बजेतिर मात्रै लाइन बसेका उनीहरु तल्लो जातको मान्छेहरु पनि आउन हुन्छ भन्दै बाहिर जान भनेपछि मुल मन्दिरको टिका ग्रहण नै नगरि घर फर्किनु परेको दुखेसो उनीहरुको छ।

लाइनको सुरुमा म र शान्ति विक दिदी थियौं, जब हामी मन्दिरको मुल ढोकामा पुग्यौं। हातमा थाली थियो, त्यो बुझाउँन लाग्यौं त्यही बेला मन्दिर रहेका पुजारीले थाली नै बाहिर फालिदिए, तिमीहरुको मनपरि गर्ने ठाउँ हो, भन्दै चामल फालि बाहिर जान दबाब दिए, तल्लो जातको, मन्दिरमा कुनै हक अधिकार नै नभएको मान्छे किन आएको भन्दै रिसाएको र टिका लगाउन अस्वीकार गरेको सँगै गएकी विपना विकले बताएकी छन्।

आफ्नो जात थाहा पाउनु पर्ने हो। यहाँ आउनै नहुने हो, किन आएको ?, अहिले नै गइहाल भन्दै विभेद गरेपछि आफूहरु केही नभनि फर्किएको दुखेसो उनीहरुको छ। बडीमालिका मन्दिरमा यहाँका दलित समुदायले पटक पटक विभेद सहनु परेको छ। केही महिना अगाडि मात्रै ब्राह्मणले मन्दिरको ढोका नै बन्द गरि गएपछि एक जोडीले विवाह समेत गर्न नपाएको उजुरी परेको थियो।

११ वर्ष पहिला पनि संगीता विक सहित ४ जना माथि आक्रमण गरिएको थियो। दशैंको मेलामा मन्दिर भित्र प्रवेश गरेको भन्दै पुजारी पट्टीकै स्थानीयले कुटपीट गरेपछि धनगढी गएर उपचार गराउनु परेको विगत सम्झिन्छिन्, संगीता विक। त्यो बेला कै जस्तो कुटपीट हुने हो, भन्ने डरले केही प्रतिवाद नगरेको संगीताको भनाई छ।

त्यो बेला पनि संगीताको दीदी बहिनी माथि नै आक्रमण भएको थियो। मन्दिर व्यवस्थापन समितिले कुनै प्रकारको विभेद नगर्ने र सबैलाई सहज पुजा पाठको अवसर दिने निर्णय गरेको अध्यक्ष करे रावलले बताएका छन्।

८ नम्बर वडाका वडा सदस्य समेत रहेका रावलले विभेद नै गरिएको जानकारी नभएको र गरिएको भए आवश्यक छानवीन सहीत पीडित पक्षको माग अनुसारको प्रक्रिया अघि बढाउन सहजिकरण गर्ने बताएका छन्।

८ नम्बर वडाका अध्यक्ष चन्द्र थापाले पनि घटनाबारे जानकारी नभएको बताएका छन् । नगर प्रमुख अमर खड्काले मन्दिरमा विभेद गरिएको घटना साँचो भए कानुनी प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् । अपमान र विभेद गर्ने कुरामा सहजिरण नगरपालिकाको कार्य क्षेत्र भित्र नपर्ने भएकोले प्रहरीकोमा गएर उजुरी प्रक्रिया दिनु पर्ने र बडीमालिका मन्दिरमा एक पछि अर्को विभेदका घटना हुनु दुखत विषय भएको बताएका छन्।

यता प्रहरी नायव उपरिक्षक कविन्द्र बोहराले निवेदन आइसकेको बताएका छन् । निवेदनका आधारका पुजारीलाई बोलाइ सकिएको र घटना वास्तविक भए कानुनी प्रक्रिया अघि बढाउने बताएका छन् । बाजुरामा एक पछि अर्को जातीय विभेदका घटनाहरु भइरहेका छन् ।

यो युगमा आएर पनि मान्छेलाई अछुतको व्यवाहार गरेको प्रति दलित अधिकार कर्मी मदन विकले आपत्ती जनाएका छन् । बडीमालिका मन्दिरमा जहिल्यै पनि विभेद हुने र मिलापत्रमै टुंगीने गरिएको प्रति सचेत हुनु पर्ने विकको धारणा छ ।

पुजारीसँग भने सम्पर्क हुन सकेको छैन् । लेकमा गइसकेकोले फोन नलागेकको बुझीएको छ । मन्दिर व्यवस्थापन समितिले पनि आफूहरुको सम्पर्कमा नरहेको र बुुझ्नेक्रम जारी रहेको प्रतिक्रिया दिएको छ । पुजारी निकटका आफन्तले भने जातीय विभेद गर्ने नियतले नभई भीड बढी भएकोले व्यवस्थीत गर्न त्यो व्यवाहार गर्नु परेको दाबी गरेका छन् । पुजारी अरु कामका व्यस्त भएर टिका लगाउन समय नभएपछि अर्को व्यक्तिबाट लगाउन भनिएको समेत बताएका छन् ।

पीडित पक्षले उजुरी नै दिइसकेको बताएका छन् ।जातीय विभेद गर्ने मन्दिरका पुजारी विरुद्ध मुलुकी अपराध संहिता ऐनको परिच्छेद १० को दफा १६० अन्र्तगत भेदभाव विरुद्धको कसुर सजाय ऐनलाई आधार मानेर निवेदन दिएको झरना विकले बताएकी छन् ।

सामाजिक सचेतना र जागरणको विषयलाई ध्यान नदिँदा र पुरानै चिन्तन हाबी हुँदा यस्ता घटनाले प्रश्य पाइरहेको पीसविन परियोजना अधिकृत एवं अधिवक्ता धर्म प्रकाश गिरीले बताएका छन् । गिरीले विभेद गर्ने कुरा मानवता विपरित गैर कानुनी कार्य भएकोले ३ वर्ष सम्म कैद र ३० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको बताएका छन् । नागरिकबाट

  • दलितकाे पूजा थाली
बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ११ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.