काठमाडौं- लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८०’ को बिजेता घोषणा गरिएको छ । हिजो बुधबार आयोजक संस्थाले यो पुरस्कारको लागि रामलाल जोशीकृत ‘बाआमा’ चयन गरेको हो । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले बुधबार विज्ञप्ति मार्फत यो पुस्तकलाई उत्कृष्ट चयन गरिउको जनाएको छ ।
स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट रामलाल जोशीकृत बाआमा आख्यानले लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८० जितेको आयोजक पक्षले जनाएको छ । यो पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।
लालबन्दी नगर वाङ्मय परिषद्ले लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८० का लागि उत्कृष्ट दश कृतिहरू गत ९ भदौमा एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।
यस्तै लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार –२०८०’ नेपाली भाषा तथा साहित्य सेवक एवम् अध्यापक देवराज पौडेलले पाउने पनि आयोजक पक्षले जनाएको छ ।
स्थानीय प्रतिभा पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । लालबन्दीमा एक समारोहबीच यो पुरस्कार प्रदान गरिने पनि आयोजक पक्षले जनाएको छ ।













