धनगढी- कैलालीमा हरिणको बच्चा उद्धार गरिएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर–९ स्थित कर्णाली करिडोर सामुदायिक वनबाट भागेर आएको हरिणको बच्चा बिहीबार दिउँसो प्रहरीले उद्धार गरेको हो।
स्थानीयले हरिणलाई सोही पालिकाको बकलवा शिविर बस्ने बिरुलाल चौधरीको घर पछाडि खेतमा देखिएपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरी टोलीले उक्त जङ्गली हरिणलाई सकुशल नियन्त्रणमा लिई ईलाका वन कार्यालय लम्कीको जिम्मा लगाइएको जनाएको छ।















