• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १३ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

सडक दुर्घटना बढेपछि छाडा चौपायाकाे घाँटी र सिङमा रेडियम !

  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
कैलाली- धनगढीको मोहनापुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडक खण्ड ६ लेन बनिसक्यो। ६ लेन सडक जति चौडा भयो उत्ति नै दुर्घटनाको भय पनि बढेको छ। तीब्र गतिमा सवारी साधन गुड्दा छाडा चौपायाकै कारण ६ लेन सडक खण्डमा सवारी दुर्घटनामा परेर यात्रुले ज्यान गुमाउनु परेको छ।
धनगढी–अत्तरिया १४ दशमलव २ किलोमिटर सडक खण्डमा गत आर्थिक वर्षमा मात्रै २४ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका थिए। ती मध्ये ९ जना मानिसको त छाडा गाई गोरुमा सवारी साधन ठोक्किएर ज्यान गएको हो। यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ३ वटा सडक दुर्घटना भएका छन्। जसमा १ जनाको छाडा गाईसँग ठोक्किएर दुर्घटनामा परेर घाइते भएका छन्।
छाडा चौपाया दिनभर यताउति गए पनि बेलुकीको समयमा भने ६ लेन सडक खण्डमा आउने गरेका कारण बेलुकी तथा रातिको समयमा सडक दुर्घटनाका घटना घट्ने गरेका छन्। ६ लेन सडकसँग जोडिएको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा सडकमा गाई गोरुले गर्दा सडक दुर्घटना बढ्दै गएको स्थानीय महेश कठायत बताउँछन्।
‘रातिको समयमा ६ लेन सडकमा मोटरसाइकलमा यात्रा गर्दा झन कालो रंगको गाई गोरु देखिँदैन र सडक दुर्घटनाका घटना घट्ने गरेका छन्,’ उनले भने,‘सडकमा बसेका गाई गोरुकै कारण सबैभन्दा बढी मोटरसाइकल चालकलाई समस्या भइरहेको छ।’
सडक दुर्घटना चालक र यात्रु दुवैको लापरबाहीका कारण हुने गरेको भए पनि छाडा चौपायाले बाटो काटिदिँदा तथा रातिको समयमा सडकमा बसेका चौपाया नदेखिँदा ठोक्किएर बढी दुर्घटना भएको स्थानीय बताउँछन्। सो सडक क्षेत्रमा दुर्घटनाको अवस्था हेर्दा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्ने गरेको उनी बताउँछन् ।
‘सबैभन्दा बढी मोटरसाइकल नै दुर्घटनामा पर्ने गरेका छन्,’ उनले भने,‘मादक पदार्थ सेवन गरेर अर्कालाई ठोक्ने र आफै पनि पल्टने मात्रै नभई गाई गोरुसँग ठोक्किएर पनि मर्ने तथा घाइते हुनेको संख्या बढ्दो छ ।’
गाई गोरुको घाँटी र सिङमा रेडियम
६ लेन सडक खण्डमा अत्याधिक सडक दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले जुक्ति निकालेको छ । ट्राफिकले ६ लेन सडक खण्डमा देखिएका छाडा गाई गोरुको घाँटी तथा सिङमा रेडियम लगाउने गरेको हो । जसले गर्दा रातिको समयमा टाढैबाट गाई गोरुको घाँटी तथा सिङमा लगाइएको रेडियम चम्किने भएकाले सडक दुर्घटनाका घटना कम हुने निक्र्यौल निकाल्दै त्यस्तो गरेको जनाएको छ ।
धनगढी–अत्तरिया ६ लेन सडकमा भेटिने छाडा चौपायाको सिङ तथा घाँटीमा रेडियम (रिफ्लेक्टिक स्टिकर) लगाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी निरीक्षक दीपक मल्लले बताए । उनले भने,‘सडक खण्डमा रातिको समयमा सवारी चालकको सहजताको लागि छाडाचौपायामा रेडियम लगाउन लागिएको हो।
’ रेडियम लगाउनुका साथै गाई गोरुलाई सडकबाट धपाउने कार्य पनि गरिरहेको उनले बताए । ‘हामीले छाडा गाई गोरुको घाँटी तथा सिङमा रेडियम बाँध्ने गरेको छौँ,’ उनले भने,‘त्यसका साथै सडकमा रहेका छाडा गाई गोरुलाई त्यहाँबाट धपाउने गरेका पनि छौँ । सडक चौपायारहीत बनाउने हाम्रो उद्देश्य पनि हो ।’
दिनमा भन्दा रातिको समयमा झन सडकमा बढी चौपाया हुँदा समस्या भएको चालकले गुनासो गरेका कारण आफूहरुले रेडियम बाँध्ने गरेको उनले बताए । छाडा चौपाया र चालकको सुरक्षाका लागि रेडियम बाँध्ने कार्य धनगढी उपमहानगरपालिकाको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले थालेको हो ।

  • सिङमा रेडियम
शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १३ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.