• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सुदूरपश्चिमको राजधानीबारे फेरि बहस सुरु

  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित

धनगढी- पहिलो प्रदेशसभाको दुईतिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका ४ तेघरीको जंगल क्षेत्रमा प्रदेश राजधानी बनाउने निर्णय गरेको ५ वर्षपछि सुदूरपश्चिम प्रदेशको राजधानी नयाँ ठाउँमा सार्ने विषयमा बहस सुरु भएको छ ।

तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले २०७९ वैशाख २७ गते डडेलधुरामा चुनावी सभालाई सम्वोधन गर्दै प्रदेश राजधानी डडेलधुरामा सार्न सकिने बताएको डेढ वर्षपछि प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले डडेलधुरा पुगेर प्रदेश राजधानी सार्न सकिने अभिव्यक्ति दिएका थिए ।

हाल राजधानीको उक्त विषयले फेरि महत्त्व पाएको छ । गत बुधबार मुख्यमन्त्री शाहले डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिका ४ तेघरी जंगल क्षेत्रमा वनको विवादका कारण संरचना बनाउन नसकिएकाले राजधानी सार्न सकिने बताए ।

मुख्यमन्त्री शाहले आवश्यकता भए प्रदेश राजधानी र नामसमेत परिवर्तन गर्न सकिने बताएका थिए । मुख्यमन्त्री शाहले यस विषयले प्रदेशसभाभित्र प्रवेश नपाए पनि आवश्यकता अनुसार राजधानीका विषयमा छलफल सुरु हुनसक्ने बताएका छन् ।

उनले राजधानी कहाँ सार्ने भन्ने विषयमा भने केही बताएनन् । कांग्रेस सभापति देउवाकै गृहजिल्ला पुगेर मुख्यमन्त्री शाहले राजधानी सार्ने अभिव्यक्ति दिएपछि प्रदेश राजधानी सार्ने गृहकार्य सुरु भएको बताइन्छ ।

कांग्रेस सभापति देउवाको गृहजिल्लाबाट आगामी निर्वाचनमा उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा निर्वाचन लड्ने तयारी स्वरुप प्रदेश राजधानी डडेलधुरा सार्ने गृहकार्य भइरहेको मुख्यमन्त्री निकट एक सांसदले बताए । ती सांसदले भने, ‘कैलाली क्षेत्र नं ५ बाट एक पटक पराजित भएपछि डा आरजु देउवा डडेलधुरालाई निर्वाचन क्षेत्र बनाउने तयारीमा छिन् ।’

निर्वाचनताका सभापति देउवाले दिएको आश्वासन पनि सम्वोधन हुने र आगामी निर्वाचन लड्न पनि सजिलो हुने भएकाले राजधानी सार्ने गृहकार्य हुन लागेको उनले दाबी गरेका छन् । गत निर्वाचनमा डडेलधुरामा प्रदेश राजधानी प्रमुख चुनावी मुद्दा बनेको थियो । तत्कालीन प्रधानमन्त्री देउवाले भनेका थिए, ‘कांग्रेसलाई जिताउनुहोस् राजधानी डडेलधुरा सार्ने कुरा धेरै ठूलो विषय होइन ।’

प्रदेशसभामा गठबन्धन दलहरुसँग दुईतिहाइ बहुमत पनि छ । सत्ता पक्षको अर्को ठूलो दल माओवादीका संसदीय दलका नेता पनि डडेलधुराबाटै निर्वाचित खगराज भट्ट छन् । राजधानी डडेलधुरा सार्ने विषयमा माओवादी पनि सकारात्मक हुनसक्छ ।

’५ वर्षसम्म वन विवादका कारण तोकिएको प्रदेश राजधानीमा भौतिक संरचना पनि निर्माण हुन सकेको छैन,’ देउवा नजिकका प्रदेशस्तरीय एक कांग्रेस नेता पनि डडेलधुरा राजधानी सार्न सकिने उपयुक्त वातावरण भएकाले गृहकार्य सुरु भएको बताउँछन् ।

‘मुख्यमन्त्री शाहले डडेलधुरा पुगेर राजधानी सार्ने अभिव्यक्ति दिनु संयोग मात्र होइन,’ देउवा नजिकका ती नेताले भने ‘तराईमा विवादरहित ठाउॅं भेटिन गाहृो पनि छ सबै जिल्लाबाट समान दूरीमा रहेकाले डडेलधुरा राजधानी सार्ने गृहकार्य सुरु भएको हो ।’

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतक विक्रम धामी भने यस विषयमा संसदीय दल र पार्टी भित्र कुनै छलफल नभएको बताउँछन् । प्रमुख सचेतक धामीले भने, ‘मुख्यमन्त्रीले अभिव्यक्ति दिएको कुरा बाहिर आएको छ तर पार्टीभित्र र संसदीय दलभित्र यस विषयमा कुनै पनि छलफल भएको छैन ।’

कांग्रेसका प्रदेश सभापति कैलाली क्षेत्र नं ४ बाट निर्वाचित सांसद वीरबहादुर वलायरले पनि राजधानी सार्ने विषयमा अहिलेसम्म पार्टीका कुनै पनि कमिटीमा छलफल नभएको बताए । सांसद वलायरले भने, ‘यस विषयमा मलाई कुनै जानकारी छैन ।’

उनले राजधानीका विषयमा पटक पटक संसदमा आफू बोलेको भन्दै उनले भने, ‘तर राजधानी सार्ने विषयमा पछिल्लो पटक कुनै पनि छलफल पार्टीभित्र भएको छैन ।’ प्रदेश राजधानी तोकिएको क्षेत्रमा वनको विवादका कारण अन्यत्र सार्नुपर्ने विषयमा भने वलायर पनि सकारात्मक रहेका छन् । तर उनी कैलाली क्षेत्र नं ४ भन्दा बाहिर राजधानी लैजाने विषयमा भने सहमत छैनन् ।

अघिल्लो प्रदेशसभाले २०७५ असोज १२ गते प्रदेश राजधानी कैलालीको गोदावरी नगरपालिका ४ तेघरीमा निर्माण गर्ने निर्णय गरेको थियो । तत्कालीन माओवादी र एमालेका ३८ जना सांसदले पक्षमा मतदान गरेका थिए भने नेपाली कांग्रेसका १२ र राजपाका २ सांसदले मतदान प्रक्रियामा भाग लिएका थिएनन् ।

 

  • राजधानीबारे फेरि बहस
शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.