बाजुरा- माओवादी केन्द्रले जनतासँगको भेटघाटलाई तीव्र पारेको छ । माओवादी विशेष रूपान्तरण तीन महिने अभियान अन्तरगत बाजुराका विभिन्न पालिकामा आफ्ना गतिविधिलाई तीव्रता पारेको छ ।
स्वामिकार्तिक गाउँपालिकामा जनभेटघाट, बुढीनन्दा ९४ पुनियाँमा भीम रोकाया अध्यतामा १७ सदस्यीय टोल कमिटी गठन तथा घरदैलो भेटघाट कार्यक्रम सम्पन्न भएको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालय सचिव उद्धव भट्टराईले जानकारी दिए ।
त्यस्तै बडिमालिका नगरपालिका वडा नम्बर ४ को वडा भेला तथा घरदैलो, त्रिवेणि नगरपालिका वडा नम्बर ९ को बैठक तथा जनभेटघाट, बुढिगंगा नगरपालिका वडा नम्बर १ र २ का सहिद परिवार भेटघाट तथा वडा भेला सम्पन्न गरेको उनले बताए ।
भेटघाटका क्रममा जनतालाई माओवादी केन्द्र नेतृत्वको सरकारले गरिरहेका जनपक्षिय कामको बारेमा जानकारी दिने गरेको माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष हुकुम साउदले बताए।
जनताबाट सकारात्मक प्रतिक्रिया आउने गरेको तथा अभियानले जनतामा उत्साह बढाएको उनको भनाइ छ ।
बाजुरामा कमान्ड नम्बर १ मा तिलक परियार,कमान्ड नम्बर २ मा हुकुम साउद,कमान्ड नम्बर ३ मा कमल कुमारी शाह,कमान्ड नम्बर ४ मा देवकी मल्ल र कमान्ड नम्बर ५ मा लक्ष्मण खड्का इन्चार्ज रहेको जनाइएको छ ।















