• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • ९. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

प्लान्ट क्वारेन्टाइनका कर्मचारी बिदामा, आयात निर्यात ठप्प

  •   आइतबार, भदौ २४, २०८० मा प्रकाशित

धनगढी- कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय र टुर मुकाम मोहनामा कर्मचारी नहुँदा आयात निर्यात ठप्प भएको छ। सो कार्यालयका बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना बिदामा छन्।

यस भन्सार कार्यालयबाट आयात निर्यात हुने फलफूल, तरकारी, खाद्यान्नको आयात र जडीबुटीको निर्यात एक महिनादेखि ठप्प भएको हो। ठगुन्नाले अध्ययनका लागि भन्दै साउन २८ बाट एक महिनाको बिदा लिएका हुन् ।

उनी अध्ययनको सिलसिलामा पानामा पुग्नुभएको जनाइएको छ। क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गरेपछि मात्रै भित्रिन दिने गरिएको छ।

यसै गरी नेपालबाट भारत निर्यात हुने पिना र तेजपत्ताको पनि सोही कार्यालयले जाँच गर्ने गरेको छ तर बाली संरक्षण अधिकृत नहुँदा एक महिनादेखि आयात निर्यात ठप्प भएको सो कार्यालयमा कार्यरत कार्यालय सहयोगी दलबहादुर ऐरले बताए ।

मुख्य कार्यालय गड्डाचौकी मातहतको सो कार्यालयमा अधिकृत ठगुन्ना र कार्यालय सहयोगी ऐर गरी दुई जना मात्रै कर्मचारी कार्यरत छन्। हाकिम नभएपछि क्वारेन्टाइन कार्यालयबाट हुने काम रोकिएको कार्यालय सहयोगी ऐरले बताए ।

“कार्यालयमा अहिले कामै छैन,” उनले भने, “दिनभरि यत्तिकै बस्ने गरेको छु।” चामल, गहुँ, दाललगायतका खाद्यान्न र फलफूल, तरकारीको आयात ठप्प हुँदा त्यसको मूल्य आकासिनुका साथै अभाव पनि हुन थालेको छ। “हाकिम गएपछि यो कार्यालय बन्दसरह नै भएको छ। एक जना कार्यालय सहयोगी मात्रै बस्नुहुन्छ। हाकिम नहुँदा उहाँको कामै छैन। सुतेर समय बिताउने गर्नु हुन्छ”, एक सेवाग्राहीले गुनासो राखे ।

आयात रोकिँदा दाना उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएको छ। कच्चा पदार्थको अभावमा उद्योग समस्यामा परेको विवेक पोल्ट्री फर्म एवं दाना उद्योगका सञ्चालक विवेक भट्टले बताए ।

उनका अनुसार क्वारेन्टाइन कार्यालयमा जाँच रोकिँदा खाद्यान्नसहित दाना बनाउने कच्चा पदार्थ बोकेका गाडी पारि भारतमै रोकिएका छन्। अर्को कर्मचारी पठाएर भए पनि क्वारेन्टाइनको काम सञ्चालन गर्नुपर्ने स्थानीय व्यापारीको माग छ।

क्वारेन्टाइन कार्यालयको काम एक महिनादेखि ठप्प हुँदा पनि अर्को कर्मचारी नपठाउनु हदैसम्मको लापरबाही भएको आरोप व्यापारीहरूको छ। “क्वारेन्टाइनको काम बन्द हुँदा आयात, निर्यात ठप्प भएर हामी सबैलाई नोक्सान भइरहेको छ,” उनले भने।

“यो सञ्चालन भएको बेला भन्सारलाई राजस्व उठ्ने गर्छ। हामी जस्ताको व्यापारमा पनि सहयोग पुग्ने गर्छ।” क्वारेन्टाइन कार्यालय गड्डा चौकीले अर्को कर्मचारी पठाएर काम सञ्चालन गर्नुपर्नेमा उनीहरूको जोड छ।

एक महिनाको बिदा लिएर विदेश जानुभएका कार्यालय प्रमुख ठगुन्ना चाँडै स्वदेश फर्किने जनाइएको छ। “अब सम्भवतः उहाँ आइहाल्नुहुन्छ होला,” कार्यालय सहयोगी ऐरले भने, “उहाँ आएपछि पुनः सञ्चालनमा आउने छ।” गोरखापत्रबाट

  • आयात निर्यात ठप्प
आइतबार, भदौ २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.