पुनर्वास- कञ्चनपुरको बेलडाँडी गाउँ पालिकामा कार्यलय समय भन्दा ढिलो आउने कर्मचारीहरुलाई मुल गेटबाटै फर्काइएको छ ।
बेलडाँडीमा सोमबार कार्यालयमा समय भन्दा ढिलो उपस्थित हुने कर्मचारीहरुलाई पालिका अध्यक्ष हरिश्चन्द्र रानाले मुल गेटमै रोकेर प्रवेशमा रोक लगाएका हुन् ।
जम्मा ३६ जना कर्मचारीहरु मध्य ६ जना कार्यालय सहयोगी र ३ जना अन्य कर्मचारीहरु मात्रै समयमा उपस्थित रहेका पालिका प्रमुख रानाले बताए ।
कर्मचारीहरु कार्यालय समयमा अनुपस्थित रहदा जनताहरु गुणस्तरीय सेवाबाट बंचित हुन थाले पछि कार्यालयमा उपस्थित हुन नदिइ फर्काउन परेको अध्यक्ष रानाले बताए ।
समयमा कार्यालयमा उपस्थित नभएर जनतालाई सहज सेवा प्रवाहमा बाधक देखिएका कर्मचारीहरु प्रति पालिका प्रमुख रानाले देखाएको सोमबारको कदमको स्थानीयहरुले सामाजिक सञ्जालमा खुलेर प्रशंसा गरेका छन् ।













