• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

विषाक्त तरकारी र फलफूल बिक्री हुने खतरा

"बजेट अभावमा सात कृषि प्रयोगशाला बन्द "
  •   बुधबार, भदौ २७, २०८० मा प्रकाशित

धनगढी– नेपाल सरकारको रातो किताबको जिरो बजेटमा केन्द्रीय कृषि प्रयोगशाला परेपछि सोअन्तर्गतका तरकारी तथा फलफूलमा रहेको विषादीको अवशेष परीक्षण प्रयोगशाला बन्द भएका छन् ।

कैलालीको अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाई कार्यालय डेढ महिनादेखि बन्द छ । सो प्रयोगशालामा विभिन्न ठाउँबाट ल्याई बजारमा बिक्री गरिने तरकारी तथा फलफूलमा रहेको विषादीको मात्रा परीक्षण गर्ने गरिएको थियो । अत्तरियाको कृषि उपज थोक बजारमा रहेको प्रयोगशाला किट उपलब्ध नभएपछि कार्यालय बन्द गरिएको हो ।

विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशाला बन्द भएपछि बिना परीक्षण तरकारी तथा फलफूल बिक्री भइरहेको छ । मावन स्वास्थ्यलाई प्रतिकूल असर गर्ने विषादीको अवशेष पाइएमा तत्काल नष्ट गर्ने गरिएको थियो ।

तर प्रयोगशाला नै बन्द भएपछि विना परीक्षण बजारमा तरकार र फलफूल बजारमा गइरहको प्रयोगशालाका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बताए । उनले दैनिक ५–१० वटा तरकारी तथा फलफूलका नमुना परीक्षण गर्दा कुनै न कुनै नमुनामा विषादी भेटिएको बताए ।

उनले प्रयोगशालामा पछिल्लो पटक साउन १२ गते तरकारीका ६ नमुना परीक्षण गर्दा एउटा तरकारीको नमुनामा खान नमिल्ने विषादीको मात्रा फेला परेको बताए । सल्यानबाट ल्याइएको भेडे खुर्सानीमा रेड लेबलको विषादी भेटिएपछि त्यसलाई बजारमा जान नदिई नष्ट गरिएको थियो । ‘त्यसपछि परीक्षण गर्नका लागि किट सकियो,’ प्राविधिक भट्टले भने, ‘अहिले कार्यालय नै बन्द गरिएको छ ।’

केन्द्रीय कृषि प्रयोगशालाले अस्थायी रूपमा सञ्चालन गरेको सो प्रयोगशालामा कर्मचारी पनि करारमै राखिएका थिए । कार्यालयमा एक जना प्राविधिक र सहयोगी करारमा नियुक्त गरिएका थिए । करारमा रहेका आफूहरूको चालु आर्थिक वर्षमा करार थप नगरिएकाले कार्यालय बन्द भएको प्राविधिक भट्टले बताए । ‘करार थप नभए पनि हामीले तरकारी तथा फलफूलको नमुना संकलन गरेर विषादी परीक्षण गर्दै आएका थियौं,’ उनले भने, ‘साउन १२ गते किट नै सकिएपछि हामी कार्यालयमा गएर पनि काम भएन ।

नयाँ आर्थिक वर्षमा हाम्रो नियुक्ति पनि थप गरिएको छैन । नियुक्ति थपिने जानकारी दिइए पनि लामो सयमसम्म टुङ्गो नलाग्दा के हुने हो भन्ने हामी पनि अन्योलमा छौं ।’ केन्द्रीय कृषि प्रयोगशाला नै जिरो बजेटमा परेपछि किट खरिद गर्न र करारका कर्मचारीलाई तलब खुवाउन बजेट अभाव भएकाले अस्थायी कार्यालय बन्द भएको केन्द्रीय कृषि प्रयोगशालाका निमित्त प्रमुख राजीवदास राजभण्डारीले बताए ।

‘प्रयोगशाला जिरो बजेटमा परेपछि अस्थायी कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो,’ उनले भने, ‘किट खरिद गर्न, कर्मचारीलाई तलब खुवाउन लगायत कुनै पनि बजेट कन्द्रीय कृषि प्रयोगशालामा छैन ।’

उनले बजेट अभावमा अस्थायी रूपमा सञ्चालन गरिएको कैलालीको अत्तरिया, झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, काठमाडौंको कालिमाटी, कास्कीको पोखारा, रुपन्देही वुटवल र बाँकेको नेपालगन्जमा रहेको प्रयोगशाला बन्द गरिएको बताए । उनले जिरो बजेटकै कारण ती सातवटै प्रयोगशाला बन्द भएको बताए ।

उनले केन्द्रीय कृषि प्रयोगशालामा स्थायी कर्मचारी भएकाले कार्यालय चलेको बताए । निमित्त प्रमुख राजभण्डारीले आफूहरूको समेत तलब नआएको बताए । उनले बजेट माग गरी विभागमार्फत् मन्त्रालयमा पठाइएको बताए । बजेट आएपछि ती कार्यालय सञ्चालन हुने उनले बताए ।

गत आर्थिक वर्षमा अत्तरियास्थित प्रयोगशालाले दुई हजार ५३२ तरकारी तथा फलफूलको नमुनाको विषादी परीक्षण गरेको थियो । जसमा आठ नमुनामा ग्रिन र येलो लेबलको विषादीको मात्रा भेटिएकाको थियो भने १३ नमुनामा प्रयोग नै गर्न नमिल्ने (रेड लेबल) विषादीको मात्रा भेटिएकाले नष्ट गरिएको थियो । प्राविधिकका अनुसार ३५ प्रतिशतभन्दा तल विषादीको मात्र भेटिए ग्रिन लेबल र ३५ देखि ४५ प्रतिशत विषादी भेटिए येलो लेबलमा राखिने गरिन्छ ।

यस्तो तरकारी केही दिन होल्ड गरेर पुनः परीक्षण गरी प्रयोग गर्न मिल्ने भेटिएपछि बजारमा पठाउने गरिन्छ । ४५ प्रतिशतभन्दा माथि विषादीको मात्रा भेटिएमा भने सिधै नष्ट गर्ने गरिन्छ ।

तरकारी र फलफूल परीक्षण गर्ने तीन वटै प्रयोगशाला बन्द
अत्तरियाको विषादी अवशेष दु्रत विश्लेषण इकाई कार्यालय बन्द भएपछि प्रयोगशाला कञ्चनपुरको गड्डाचौकीस्थित क्वारेन्टिनका कार्यालयको जिम्मा लगाइएको छ । तर सो प्रयोगशालाको जिम्मेवारी पाएका क्वारेन्टिन कार्यालयका बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना तालिम लिन विदेशमा छन् ।

गड्डाचौकीस्थित क्वारेन्टिनका कार्यालयका एकमात्र स्थायी कर्मचारी अध्ययन बिदामा विदेश गएको र अस्थायी कर्मचारीको करार नथपिनुका साथै किट अभाव भएपछि सुदूरपश्चिममा रहेको तीनवटै तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने प्रयोगशाला बन्द छ ।

कर्मचारी अभावका कारण क्वारेन्टिन कार्यालय गड्डाचौकी र त्यस कार्यालयको टुरमुकाम मोहना, धनगढीको प्रयोगशाला पनि बन्द छ । प्रयोगशाला बन्द भएपछि बजारमा विषाक्त तरकारी र फलफूल बिक्री भई मानव स्वास्थ्यमा प्रतिकूल असरपर्ने जोखिम बढेको छ ।

भारतबाट आयात गरिने तरकारी र फलफूलमा क्वारेन्टिन कार्यालय गड्डाचौकी र त्यस कार्यालयको टुरमुकाम मोहनामा रहेको प्रयोगशालामा विषादी परीक्षण गरिँदै आएको थियो भने आन्तरिक आयात भएका तरकारीको विषादी अत्तरियास्थित प्रयोगशालामा हुँदै आएको थियो ।

क्वारेन्टिन कार्यालय गड्डाचौकी र त्यस कार्यालयको टुरमुकाम मोहनामा रहेको प्रयोगशाला बन्द भएपछि एक महिनादेखि भारतबाट तरकारी र फलफूलको आयात पनि बन्द छ । कारोबारबाट

 

  • विषाक्त तरकारी
बुधबार, भदौ २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.