नरेन्द्र रावल/अछाम- अछामको प्रमुख पर्यटकिय क्षेत्र रामारोशनमा एकै दिन विभिन्न १२ बढी देशका नागरिक घुम्न आएका छन् । सुन्दर पर्यटिकय क्षेत्र रामारोश हेर्न र अवलोकन गर्न विभिन्न देसका नागरिक रामारोशन क्षेत्र आएका हुन् । यसरी यक दुई दिनमै ठुलो संस्यामा बिदेशी नागरिक आउन थालेपछि स्थानीय अचम्मित बनेका छन् ।
ठुलो संख्यामा सरकारको ईज्जत् बिना आयका ३९ जना बिदेशी नागरिकलाई ताल प्रबेशमा रोक लगायको र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चौखुट्टे मा रोकेको अछामका डिएसपी संन्तोष पाठकले बताए ।
हाल रामारोशन आउने बिदेशी नागरिकमा ईन्डियान, अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका देशका नागरिक रहेको र बाँकी अनुसन्धान भैरहेको उनको भनाइ रहेको छ ।
रामारोशन क्षेत्रमा आन्तरिक तथा बाहीय पर्यटक आउनु स्वभाबिक हो तर सरकाको ईज्जत् नहुदा रोक लगाइएको र स्थानीय सरकारलाई समेत कुनै जनकारी नभएको रामारोशन गाँउपालीका उपाध्यक्ष सृजना बुढाले बताए।
आफुहरु रामरोशन घुम्न र अवलोकन गर्न आएको बताउदै आफुहरुको संख्या दुईहजार बढी रहेको हुदा अन्य आउदै गरेको एक जना बिदेशी नागरिकले बताए ।















