• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २१ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

दार्चुला खण्डेश्वरीमा खाद्यान्न मौज्दात शून्य

"उब्जनी न्यून क्षेत्रका स्थानीयवासी बिक्री केन्द्रहरुमा खाद्यान्न मौज्दात नहुँदा समस्यामा "
  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित

दार्चुला- अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी क्षेत्रका बासिन्दालाई चाडबाडमा खाद्यान्न महँगो पर्ने भएको छ । यहाँको खाद्य डिपोमा खाद्यान्न मौज्दात शून्य भएको छ । यातायातको पहुँचबाट टाढा जिल्लाको दुर्गम खाद्य डिपो खण्डेश्वरीमा चामल ढुवानी नभएपछि यस्तो अवस्था आएको हो ।

अपीहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा गाडी पुग्दैन । उक्त क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोबाट गाउँलेले चामल किन्ने गरेका थिए । लामो समयदेखि खाद्यान्न ढुवानी रोकिएको छ । ‘पाँचरसात दिनअघिसम्म ६ क्विन्टल चामल मौज्दात थियो ।

त्यो सकियो‚ अरु आइपुगेन‚’ खण्डेश्वरी डिपोका कर्मचारी नरभानसिह ठेकरेले भने, ‘तत्काल चामल ढुवानी हुने अवस्था छैन । ढुवानीको ठेक्का प्रक्रियामै भएकाले दसैं अगावै चामल आउने सम्भावना कम देखिन्छ ।’

गत वर्ष अपीहिमाल गाउँपालिकाले चार हजार क्विन्टल चामल माग गरेकोमा खाद्य व्यवस्था कम्पनीबाट १ हजार ७ सय ३४ क्विन्टल मात्र ढुवानी भएको थियो । शुक्रवार मात्र कम्पनीले खण्डेश्वरी डिपोका लागि एक हजार क्विन्टल चामल ढुवानीका लागि ठेक्का प्रक्रियामा रहेको र स्वीकृत हुन बाँकी रहेको ठेकरेले जानकारी दिए ।

वर्षायाममा खाद्यान्न ढुवानी नहुँदा जिल्ला सदरमुकामको खाद्य बिक्री केन्द्र खलंगाबाहेक खाद्य डिपो र बिक्री केन्द्रमा खाद्यान्न मौज्दात छैन । सदरमुकाम खलंगाबाहेक जिल्लाका अन्य बिक्री केन्द्रहरुमा सडक अवरुद्ध छन् । गत आर्थिक वर्ष सरकारले तोकेको भाडामा ढुवानी व्यवसायीहरुले चामल बोक्न नचाहेकाले खाद्यान्न मौज्दात गर्न समस्या भएको देखिन्छ ।

व्यापार कम्पनीको खलंगा बिक्री केन्द्रको गोदाममा अहिले चानचुन एक महिनाका लागि खाद्यान्न मौज्दात रहेको स्टोरकिपरसमेत रहेका ठेकरेले बताए । सदरमुकामको गोदाममा अरुवा र मकवानपुरे ४१३ क्विन्टल मोटो चामल र १ सय ८० क्विन्टल मसिनो चामल मौज्दात छ ।

अहिले दैनिक २५/३० क्विन्टल चामल बिक्री हुन्छ । यो हिसाबले मौज्दात चामल एक महिना पनि नपुग्ने उनको भनाइ छ । खलंगा गोदामका लागि व्यापार कम्पनी लिमिटेडले १ हजार ९ सय क्विन्टल चामल ढुवानी ठेक्का प्रक्रियामा छ ।

वर्षा सुरु भएपछि खलंगा बिक्री केन्द्रबाहेक अन्य ठाउँमा चामल ढुवानी हुन सकेको छैन । गत वर्ष मागअनुसार खाद्यान्न ढुवानी नहुँदा अहिले बिक्री केन्द्रहरु रित्तिएको हो । बिक्री केन्द्रहरुमा स्थानीय उपभोक्ता खाद्यान्न खरिदका लागि आउने गरेका छन् । बिक्री केन्द्रमा चामल नहुँदा खाली हात फर्कनुपरेको अपीहिमाल-४ का जमनसिह मन्यालले बताए ।

तीनरचार दिनअघि खण्डेश्वरीमा चामल सकिएको छ । खाद्यको बिक्री केन्द्रमा चामल नभएपछि स्थानीयलाई समस्या भएको छ । चाडपर्व सुरु हुन थालेका छन् । सरकारको खाद्य पसलमा खाद्यान्न नभएको स्थानीयको गुनासो छ ।

खाद्यान्न संकटको जोखिम क्षेत्र मानिने दार्चुलाका अपीहिमाल र व्यास गाउँपालिकाका कम्पनीका डिपो र बिक्री केन्द्रमा मौज्दात नरहेकाले खाद्यान्न अभाव बढ्ने सम्भावना छ । अपीहिमालका ३, ४ र ५ वडाका स्थानीय बासिन्दा खण्डेश्वरीस्थित खाद्यको डिपोमै निर्भर रहनुपर्ने बाध्यतामा हुन्छन् ।

उब्जनी न्यून क्षेत्रका स्थानीय अधिकांश समय किनेर खानुपर्ने बाध्यतामा रहेका हुनाले बिक्री केन्द्रहरुमा खाद्यान्न मौज्दात नहुँदा समस्या भोगिरहेको बताउँछन् । जिल्लाका खलंगा गोदामसहित सुन्सेरा, कुणी, रातामाटा, घुसा, सितोला, नागु, खण्डेश्वरी, पारिबगर, राप्ला, दुम्लिङ्, माल, व्यास बिक्री केन्द्रका लागि साढे ८ हजार क्विन्टल चामल ढुवानीका लागि ठेक्का प्रक्रियामा छ । उक्त बिक्री केन्द्र र गोदामका लागि ठेक्का प्रक्रियामा रहेको र स्वीकृत हुन बाँकी छ ।

केही ठाउँका गाउँले डिपोमा चामल किन्न आएर नपाएपछि बजारको महँगोमा किनेर घर फर्किएका छन् । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुंगो छैन । सरकारका बिक्री केन्द्रहरुमा मोटो चामल प्रतिकिलो ५२ मा बिक्री हुने गरेको थियो । डिपोमा अभाव भएपछि सर्वसाधारणले बजारमा प्रतिकिलो ६० देखि ७५ रुपैयाँमा चामल किन्ने गरेका छन् ।

जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रमा चामल सकिएको भए पनि ढुवानी प्रक्रिया टुंगो नलागेकाले कहिले ढुवानी हुने भन्ने यकिन नभएको खाद्य कम्पनीको दार्चुला शाखाले जनाएको छ । कान्तिपुरबाट

 

  • खाद्यान्न मौज्दात
सोमबार, असोज ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो

समाचार

सबै

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २१ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.