धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्लाको भीमदत्त नगरपालिका-३ विपिन चोकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.४० हजार बराबरको चप्पल, कपाल वाँध्ने रवर, काइयो, पटका लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।















