• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

कञ्चनपुरमा ७२ प्रतिशत कृषि पेसामा निर्भर, मलको जहिल्यै अभाव

  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित

महेन्द्रनगर- उनान्साठी हजार छ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको कञ्चनपुरमा ७२ प्रतिशत कृषि पेसामा निर्भर नागरिक छन् ।खेतीयोग्य जमिनमध्ये यहाँ सबैभन्दा बढी ४८ हजार चार सय हेक्टरमा धान खेती हुँदै आएको छ तर वर्षौंदेखि कृषिमा निर्भर किसानले आवश्यक रासायनिक मलखाद पाउन नसकेको अवस्था छ ।

खेतीको समय भारतीय सीमावर्ती बजारबाट मल ल्याउन स्थानीय प्रशासनले सामान्यरूपमा खुकुलो गर्दै मलको तत्कालीन समस्या समाधान गरिँदै आए पनि सरकारबाट कञ्चनपुरलाई मागभन्दा निकै कम मल उपलब्ध गराउने गरेको सरकारी तथ्याङ्कले नै देखाएको छ ।

कृषि ज्ञानकेन्द्र कञ्चनपुरको तथ्याङ्कानुसार जिल्लालाई वार्षिक ५० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ तर केन्द्रले कञ्चनपुरलाई गत आर्थिक वर्षमा १० हजार मेट्रिक टन मात्रै मलखाद उपलब्ध गराएको थियो ।

यहाँ कृषिका लागि केन्द्र, प्रदेश र स्थानीय तहले किसानलाई विभिन्न कृषि सामग्री, अनुदान रकमलगायत प्राविधिक सहयोग गर्दै आएको भए पनि किसानले सहजै पाउनुपर्ने मल र सिँचाइ सुविधाको सहज पहुँच हुन सकेको छैन ।

“खेतीयोग्य जमिनमध्ये तीन हजार हेक्टर (पाँच प्रतिशत) बाँझो नै छ”, कृषि ज्ञानकेन्द्रका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले भने, “यहाँ ७१ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।”

महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणअन्तर्गत केही भू–भागमा सिँचाइ सुविधा उपलब्ध छ भने पछिल्लो समय किसानले डिप बोरिङ र खोला नालाको पानी खेतमा पु¥याएर खेती गर्नुका साथै बर्खामा कतिपय किसानले आकाशे पानीका भरमा खेती गर्नुपर्ने बाध्यता कायम छ ।

कैलालीको मालाखेतीसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित महाकाली सिँचाइ तेस्रो चरणको आयोजना सम्पन्न भए यहाँ ३३ हजार बढी हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा पुग्नेछ । यहाँको शुक्लाफाँटा नगरपालिका–१ का रामबहादुर चौधरीले गहुँ र धान खेतीका बेला जहिल्यै समयमा मल नपाउने गरेको बताए ।

“यहाँ सहकारीमार्फत अनुदानको मल आउने गरेको भए पनि त्यो अपुग नै हुन्छ”, चौधरीले भने, “दशकौँ खेती किसानीमै बित्यो तर चाहिएका बेला मल, कृषि सामग्री र सिँचाइको व्यवस्था नै हुन सकेन ।” सुनवरा नदी र स्थानीय नालाको सहारामा सिँचाइका लागि पानी लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

“कृषि प्रधान मुलुक भएर मात्रै हुँदैन, सरकारले किसानको पिरमर्कासमेत बुझ्नुपर्छ”, उनले भने, “मलका लागि भारतीय सीमावर्ती बजार पुग्नुपर्ने बाध्यता कहिले हट्ने थाहा छैन ।”

कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख जोशीले ५० हजार मेट्रिक टन मल आवश्यक रहे पनि सरकारले २० हजार मेट्रिक टन उपलब्ध गराए पनि थप प्राङ्गारिक मललाई विकल्पका रूपमा प्रयोग गर्नतर्फ जोड दिनुपर्ने बताए ।

“गाई गोरु छाडारूपमा छाडिए मल कहाँबाट उत्पादन गर्ने भन्ने जटिल समस्या पनि यहाँ छ”, उनले भने, “छाडा गोरुको व्यवस्थापन गर्न सके दूध नभए पनि मल उत्पादनमा सहयोग पुग्थ्यो ।”

यहाँस्थित कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख बलबहादुर शाहले किसानको मागअनुसार मलखाद उपलब्ध गराउन नसकिएको बताए ।

“अहिले चालु आवका लागि कार्यक्रम स्वीकृत भएको छैन”, उनले भने, “गत भदौमा भएको कोटा निर्धारण अनुसार हामीसित आठ सय ३८ मेट्रिक टन युरिया र छ सय ९८ मेट्रिक टन डिएपी मौज्दात छ ।”

उनका अनुसार कृषि सामग्रीलाई गत वर्ष सात हजार चार सय मेट्रिन मलखाद बिक्रीको लक्ष्य दिइए पनि यहाँबाट पाँच हजार आठ सय ६२ मेट्रिक टन मलखाद अनुदानमा बिक्री गरिएको थियो । कृषि सामग्रीबाट उपलब्ध मल यहाँका एक सय २७ वटा सहकारीमार्फत किसानलाई बिक्री हुँदै आएको प्रमुख शाहको भनाइ छ ।

त्यसैगरी साल्ट टे«डिङ कर्पोरेसन महेन्द्रनगरले पनि कञ्चनपुरमा एक सय २० सहकारीमार्फत किसानलाई अनुदानको मल बिक्री गर्दै आएको छ । साल्ट टे«डिङ कर्पेरेसन महेन्द्रनगरका जुनियर सहायक अनिता रानाले तीन सय दुई मेट्रिक टन युरिया, चार सय २६ मेट्रिक टन डिएपी र ६८ मेट्रिक टन पोटास मौज्दात रहेको जानकारी दिइन् ।

उनका अनुसार गत वर्ष साल्ट टे«डिङले यहाँ एक हजार चार सय ४९ मेट्रिक टन युरिया, एक हजार एक सय ८६ मेट्रिक टन डिएपी र २१ मेट्रिक टन पोटास बिक्री गरेको थियो ।

 

  • मलको अभाव
बुधबार, असोज १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.