कञ्चनपुर- कञ्चनपुरमा साइकलको हेण्डलभित्र लुकाइएको ब्राउनसुगरसहित एक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित भन्सार ब्यारेलमा भारतबाट आइरहेका भीमदत्त १९ का ३२ वर्षीय रामकिशन रानालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रानाले साइकलको हेण्डलभित्र लुकाएर ल्याउँदै गरेको २.५५ ब्राउन सुगर पनि बरामद गरिएको छ।
लागु औषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा रानाले चलाइरहेको साइकलको बाँयापट्टीको हेण्डलको प्वालभित्र ब्राउन सुगर फेला परेको बताइएको छ। रानालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















