• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

खोलामा भीमदत्तकाे रोयल्टी ठेक्का

  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले चौतर्फी आलोचनापछि महाकाली नदीबाहेक अन्य खोलानालाको नदीजन्य पदार्थ संकलनमा (रोयल्टी) ठेक्का लगाउने भएको छ । भीमदत्त नगरपालिकाको राजस्व परामर्श समितिको बैठकले चालु आर्थिक वर्षका लागि ठेक्का लगाउने निर्णय गरेको हो ।

महाकाली नदीसहित खोलानालामा ठेक्का लगाउन नसकेपछि अहिले नदीजन्य पदार्थ उत्खननमा भने रोक लगाइएको छ । त्यसैगरी महाकाली नदीमा ठेक्का नगरी अमानतबाट रोयल्टी संकलन गर्न लागिएको भन्दै विरोध भएपछि अनिश्चत कालका लागि रोक्का गरिएको थियो ।

राजस्व परामर्श समितिले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गरिएका खोलानालामा ठेक्का लगाउने निर्णय गरेको हो । गत वर्ष आइइई गरिएका उक्त खोलानालाहरूबाट पनि अमानतमा राजस्व संकलन गरिएको थियो ।

त्यसैगरी भीमदत्तको राजस्व परामर्श समितिका संयोजक उपमेयर नीलम लेखक जोशीले आइइई गरिएका सबै खोलानालामा ठेक्का लगाउने निर्णय गरिएको बताइन् । उनले भनिन्, ‘राजस्व परामर्श समितिको बैठक बसेको छ भने त्यसले ठेक्का लगाउने निर्णयसमेत गरेको छ ।’

कार्यालय प्रमुख आएपछि सार्वजनिक सूचना गरी ठेक्का प्रक्रियामा अघि बढाइने जोशीले बताइन् । उपमेयर जोशीले महाकाली नदीमा पनि आइइईका लागि प्रक्रिया अघि बढेकाले छिटो ठेक्का लगाउने गरी अघि बढेको बताएकी छन् । त्यसैगरी भीमदत्त नगरपालिकाले गत वर्ष महाकाली नदीको वातावरण प्रभाव मूल्यांकन (इआइए) र ब्रह्मदेव महाकाली, रौटेला खन्ने खोला, गहताडी खोला, कामीकाटे खोलाको आइइईका लागि सम्झौता गरेको थियो ।

महाकाली नदीको इआइए प्रतिवेदन स्वीकृतिका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा पेस गरिएको छ् । इआइएका लागि १७ लाखमा सम्झौता समेत गरिएको थियो । त्यसैगरी ब्रह्मदेव महाकालीसहितका पाँच खोलाको आइइईका लागि २४ लाख ३८ हजार रुपैयाँ खर्च गरिएको छ भने भीमदत्त नगरपालिकाले गत वर्ष आइइई गरी दुई वर्षका लागि प्रतिवेदन स्वीकृत गरेको थियो ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले केही दिन नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री–वितरण रोकसम्बन्धी सार्वजनिक सूचनामा महाकालीको इआइए मन्त्रालयमा अध्ययनको क्रममा रहेको र आइइई पुनरावलोकन भईरहेको बताएका थिए ।

आइइई पुनवलोकन थालिएको पाँच खोलामा आइतबार ठेक्का लगाउने निर्णय समेत गरिएको थियो । त्यसैगरी आईइई गरिएका खोला नालामा समेत ठेक्का व्यवस्थापन नगरी भीमदत्तले अमानतबाट राजस्व संकलन गर्न खोजेको पुष्टि भएको छ ।

असोज १ देखि खोलानालामा नदीजन्य पदार्थको उत्खनन खुलाइएको छ भने भीमदत्तमा नदीजन्य पदार्थ उत्खननमा भने रोक लगाइएको छ । भीमदत्तको नदीजन्य पदार्थ उत्खननमा रोक लगाउने निर्णयविरुद्ध निर्माण व्यवसायीले नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् ।

भीमदत्त नगरपालिकाले गत वर्ष महाकाली नदीसहित सबै नदी खोलानालाबाट अमानतमा २ करोड १७ लाख मात्रै राजस्व संकलन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा उक्त राजस्व रकम ६ करोडभन्दा बढी संकलन गरेको थियो ।

 

  • रोयल्टी ठेक्का
शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.