• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

दुर्व्यसनी छुटाउन राजनीतिक दलका नेताले दबाब नदिने प्रतिबद्धता

  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित

टीकापुर- कैलालीको टीकापुरमा लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न दुई प्रतिबद्धता जनाइएको छ । लागुऔषधका क्रममा पक्राउ परेका व्यक्तिलाई छुटाउन कुनै पनि राजनीतिक दलका नेताले दबाब नदिने प्रतिबद्धता गरेका छन् । प्रहरीले लागुऔषधका बारेमा निष्पक्ष भएर छानविन गर्नुपर्ने र त्यसका लागि सबैले सहयोग गर्नुपर्ने प्रतिबद्धता पनि कार्यक्रममा गरिएको छ ।

टीकापुरमा संवाद समूहले गरेको छलफलमा यस्तो प्रतिबद्धता राजनीतिक दल, प्रहरी प्रमुख र सरोकारवालाले गरेका हुन् । टीकापुर क्षेत्रमा लागुऔषधको कारोबार बढेपछि संवाद समूहले सरोकारवाला पक्षसँग छलफल चलाएको हो ।

छलफलमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि योजना बनाएर अगाडि बढ्ने बताए । “हामी कडारूपमा काम गर्छौँ, समुदायले पनि हामीलाई सूचना दिएर सघाउनुपर्छ”, उनले भने, “समाजमा शान्ति स्थापनाका लागि लागुऔषध नियन्त्रण पहिलो प्राथमिकतामा राखेर काम गर्छौँ ।”

पूर्ण दुर्व्यसनी दीपकजङ्ग शाहले १९ वर्षसम्म आफू लागूऔषध दुर्व्यसनमा फसेर भागेको भोगाइ सुनाउँदै न्यूनीकरण गर्न सबैको सक्रियता आवश्यक रहेको बताए । “दुर्व्यसनमा फसेर, सुध्रिएको मलाई दुर्व्यसन नियन्त्रणमा सबैको भूमिका हुन्छ भन्ने लाग्छ”, उनी भन्छन्, “छलफल चलाउने मात्र नभई सबै जना जिम्मेवारीका साथ लाग्नुपर्छ, एक युवा, त्यसको परिवार, समाज र देशको भविष्य जोगाउनुछ ।”

नयाँ बिहानी पुनःस्थापना केन्द्रका सञ्चालक कल्पेश कुँवरले प्रयोगकर्तालाई भन्दा ओसारपसार गर्नेलाई कडाइ गर्नुपर्ने बताए । “हामीले प्रहरीमा सूचना दिए पनि कार्यान्वयन नभएको महसुस गरेका छौँ”, उनी भन्छन्, “लागुऔषध दुर्व्यसनमा फसेकालाई परामर्श दिनुपर्ने आवश्यकता छ, एकैपटक उसलाई समाजमा पुनःस्थापना हुन कठिन छ ।”

लागुऔषध प्रयोग तथा ओसारपसारमा प्रहरीले कडाइ गरेपछि कैलाली प्रहरीमा दैनिक एकभन्दा बढी लागुऔषधका मुद्दा दर्ता हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार ६३ दिनमा ७३ मुद्दा दर्ता भएका छन् । लागुऔषधमा संलग्न एक सय आठ प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीले गएको साउन १ देखि भदौ ३१ गतेसम्म दुई महिनाको अवधि अर्थात् ६३ दिनमा ७३ लागुऔषधका मुद्दा दर्ता गरेको जानकारी दिएको छ । साउनमा ४६ र भदौमा २७ मुद्दा दर्ता भएका छन् । दुई महिनामा चलाएका ७३ मुद्दामा संलग्न रहेका एक सय आठ जना पक्राउ परेका छन् । लागुऔषधमा संलग्न रहेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एक सय पुरुष, आठ महिला पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूको साथबाट साउनमा चार किलो चरेस र ५८ ग्राम छ सय ४५ मिलीग्राम ब्राउन सुगर बरामद भएको छ । भदौमा एक किलो तीन सय ग्राम चरेस, २३ ग्राम तीन सय शून्य सात मिलीग्राम ब्राउन सुगर बरामद भएको छ । दुई महिनाको अवधिमा पाँच किलो तीन सय ग्राम चरेस, ८१ ग्राम नौ सय ५२ मिलीग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

कैलालीमा जिल्ला प्रहरी कार्यालय धनगढी, इलाका प्रहरी कार्यलय टीकापुर, लम्की, भजनी, सुख्खड र मालाखेतीले लागुऔषधमा मुद्दा चलाउँछ । दुई महिनाको अवधिमा इलाका प्रहरी कार्यालय टीकापुरले ११ लागुऔषधका मुद्दा दर्ता गरेको छ भने १६ प्रतिवादी पक्राउ गरेको छ । उन्नाइस ग्राम एक सय ९० मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीले १९ मुद्दा दर्ता गरेको छ भने ३४ जना पक्राउ गरेको छ । त्यस क्रममा ३५ ग्राम एक सय शून्य एक मिलीग्राम खैरो हिरोइन बरामद गरेको छ । इप्रका भजनीले तीन मुद्दा दर्ता गरेको छ भने चार जना प्रतिवादी पक्राउ गरेको छ । सो क्रममा दुई ग्राम ५० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीले दुई मुद्दा दर्ता गरेको छ भने चार प्रतिवादी पक्राउ गरेको छ । एक ग्राम चार सय ७० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ । सुख्खडले एक मुद्दा दर्ता गरेको छ भने चार जना प्रतिवादी पक्राउ गरी एक किलो तीन सय ग्राम चरेस बरामद गरेको छ । प्रहरीको तथ्याङ्क जस्तै समाजमा पनि लागुऔषधको अवस्था भयावह देखिन थालेको नागरिकको बुझाइ छ । रासस

 

  • राजनीतिक दलका नेता
शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

समाचार

सबै

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.