• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

कैलालीमा १०३ वटा सीमास्तम्भ मर्मत गरिँदै

  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित

धनगढी- कैलाली र कञ्चनपुरमा नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रङरोगनको काम सुरु भएको छ। सशस्त्र प्रहरीले दुई जिल्लाका एक सय ६९ वटा बिजोर नम्बरका सीमास्तम्भको मर्मत तथा रङरोगन गर्न लागेको हो। धनगढी उपमहानगरपालिका– ९ बङ्ग्राकटानस्थित ७४९–१ नम्बरको सीमास्तम्भको आइतबार रङरोगन गर्दै कैलालीमा सीमास्तम्भ मर्मत कार्यको सुरुवात गरिएको हो।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल ३९ बटालियनका सहायक कमान्डर कनैया नेथानीले सीमास्तम्भमा रङरोगन गर्दै मर्मत कार्यको शुभारम्भ गरेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका अनुसार कैलालीमा बिजोर नम्बरका एक सय तीनवटा सीमास्तम्भको मर्मत तथा रङरोगन गरिनेछ। सरकारबाट प्राप्त जिम्मेवारीअनुरूप सशस्त्र प्रहरीले कार्ययोजना बनाएरै कैलाली र कञ्चनपुरमा रहेका बिजोर नम्बरका सीमास्तम्भको मर्मत र रङरोगन कार्य सुरु गरेको सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले बताए। नापी विभाग तथा भारतीय सीमा सुरक्षा बलको समेत समन्वयमा सशस्त्र प्रहरीले सीमास्तम्भ मर्मत र रङरोगनको काम गर्ने उनको भनाइ छ।

त्यति नै संख्यामा रहेका जोर नम्बरका सीमास्तम्भको मर्मत भारतीय सीमा सुरक्षा बलले गरेको सशस्त्र प्रहरीले जनाएको छ। विजोर नम्बरका सीमास्तम्भको सशस्त्र प्रहरी र जोर नम्बरका सीमास्तम्भको मर्मतसम्भार भारतीय सीमा सुरक्षा बलले गर्ने दुई देशबीच सहमति छ।

सीमास्तम्भ रङरोगन कार्यको सुरुवात गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले सिमानाको रक्षासँगै खुला सिमानामा हुने अपराध नियन्त्रणमा समेत सशस्त्र प्रहरी तल्लीन रहेको बताए। सीमामा हुने तस्करीलगायत अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले एसएसबीसँग मिलेर काम गर्दै आएको उनले बताए। ‘दशगजा दुवै देशको सम्पत्ति हो। दुवै देशका निकायले मिलेर यसको सुरक्षाको काम गर्दै आएको छ,’ न्यौपानेले भने।

कैलालीमा भारतसँग जोडिएको एक सय एक किलोमिटरभन्दा लामो खुला सिमाना छ। केही सीमास्तम्भ हराएका र नदीमा बगेका छन्। तर, हराएका ठाउँमा नयाँ स्तम्भ राख्ने काम हुन सकेको छैन। गत बर्खामा धनगढीमा मात्र दुईवटा सीमास्तम्भ नदी कटानमा बगेका थिए। हराएका सीमास्तम्भको विवरण नापी विभागबाट प्राप्त नभएको सशस्त्र प्रहरी ३४ नम्बर गणले जनाएको छ।

कञ्चनपुरमा ६६ वटा सीमास्तम्भको मर्मत र रङरोगन गरिने सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रहरी नायब उपरीक्षक भरत कुँवरले जानकारी दिए। जिल्लाभरि मुख्य र सहायक गरी तीन सय ९० वटा सीमास्तम्भ रहेकोमा सन् २०१४ पछि बनेका ६६ वटा स्तम्भको अहिले मर्मत र रङरोगन गरिने बताए।

 

  • सीमास्तम्भ मर्मत
सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यापार: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यापार: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यापार: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.