धनगढी- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भादा होमस्टेका अध्यक्ष लक्ष्मीप्रसाद चौधरीले तीन माग राखेका छन् । धनगढी उपमहानगरपालिका१६ स्थित आफ्नो घरमा खाना खुवाउँदै उनले त्यस क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनका लागी माग राखेका हुन् ।
उनले प्रधानमन्त्रीलाई भादामा रहेको जोगनिया ताललाई पर्यटकीय स्थल बनाउनु पर्ने, स्वच्छ खानेपानीको लागि ट्याङ्की निर्माण गरिदिनु पर्ने र थारु सङ्ग्रह निर्माण गर्न आग्रह गरेका हुन् । जवाफमा प्रधानमन्त्रीले सबै माग सम्बोधन गर्ने बताए । भादा होम स्टेका अध्यक्ष चौधरी अघिल्लो कार्यकालका वडाध्यक्ष पनि हुन् ।
















