धनगढी- सुदूरपश्चिम महोत्सवको उद्घाटन कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० किलोको माला लगाइएको छ ।
शुक्रबार महोत्सव उद्घाटन कार्यक्रममा आयोजक कैलाली उद्योग वाणिज्य संघले १० बुँदे माग राख्दै १० किलोको माला लगाएको हो ।
संघले २१ बुँदे मागसहित सुरु गरेको महोत्सवमा हालसम्म झण्डै ११ माग पूरा भएको तथा पूरा हुने क्रममा रहेकाले १० बुँदे माग सहित १० किलोको माला लगाएको हो ।
महोत्सवको सुरुआतदेखि नै प्रमुख अतिथिलाई माग बराबरको माला लगाउँदै आएको छ । २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको सुदूरपश्चिम महोत्सवको यो १७ औँ संस्करण हो ।













