जाजरकोट- भूकम्प प्रभावितका लागि राहात लिएर हिडेको डडेल्धुराकी समाजसेवी गीता भट्टको टोली जाजरकोट पुगेको छ । शनिबार जाजरकोटका भूकम्प प्रभावितका लागि न्यानो लुगा लिएर धनगढीबाट जाजरकोट प्रस्थान गरेको उक्त टोली आइतबार बिहान जाजरकोट आइपुगेको हो ।
उपकारी नेपाली समूह साउदी अरेबिया,पारिवारिक समाज नेपाल,कास्की आदर्श समाज, सुदूरपश्चिमेली नेपाली समाज साउदी अरेबियाको समन्वय र सहयोगमा प्राप्त राहत लिएर सो टोली जाजरकोट आएको हो ।
सो टोलीमा गीता भट्टसँगै,डडेल्धुराका युवा समाजसेवी पुष्पराज भट्ट,एलिस भट्ट र विवेक साउद रहेका छ्न । आजै जाजरकोटका सम्बन्धित निकायहरुसँगको समन्वयमा राहत वितरण गरिने समाजसेवी पुष्पराज भट्टले बताए ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते राति गएको भूकम्पले ठूलो धनजनको क्षती हुनुका साथै हजारौ परिवार प्रभावित भएका छ्न ।
















