धनगढी- प्रदेश स्तरीय नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता एसइई आईडलको तेस्रो संस्करणको अडिसन
बेलौरी नगरपालिकाको शान्ति माध्यमिक विद्यालय शान्तिपुरमा सम्पन्न भएको छ । प्रदेश युवा परिषद् एसइई आइडल प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लि.ले विगत तीन वर्ष देखि हरेक वर्ष आयोजना गरिरहेको छ ।
विद्यालयका प्रधानाध्यापक प्रेम ब थापाले यो महत्पूर्ण अवसरको प्रयोग गरी विद्यार्थीहरूले सुनौलो मौका पाउने विश्वास व्यक्त गरे । एसइई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरूमा अडिसनहरूमा आयोजना गरिनेछ । यस वर्ष एसइई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन् ।
यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरूले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाईनलबाट दुवै विधामा १/१ जना विजेता र १/१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु. ५०/५० हजार र रु. २५९२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
थप अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरू भव्य रूपले आयोजना गरी सकेको छ ।
मुख्य प्रवर्द्धकका रूपमा प्रदेश युवा परिषद्, सुप रहेको एसइई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।
















