धनगढी- सब डिभिजन वन कार्यालय चौमालामा सार्वजनिक सुनुवाइ भयको छ । डिभिजन वन कार्यालय धनगढीले आवधिक योजना सहितको रणनैतिक योजनाको प्रारम्भिक वातावरणीय परीक्षणका लागी स्थानीय सँग सार्वजनिक सुनुवाइ गरेको हो ।
स्थानिय केदार ओझाले सामुदायीक बन दर्ता रोक्नु पर्ने, पसुचरण क्षेत्र छुटाउनु पर्ने र बाढीपिडीत को उचित ब्यबस्थापन गर्नु पर्ने सुझाब दिएका छन् । चुरे गाउपालिका-४ का वडाध्यक्ष चन्द्र बहादुर लामिछाने मगरले चुरे फेदीबाट ढुङ्खा,बालुवा उत्खनन रोक्नु पर्ने बताए ।
त्यस्तै गौरीगंगा नगरपालिका–१ का वडाध्यक्ष डबल दियाकोटीले बन समितीका पदाधिकारीले बन संरक्षणमा लाग्नु पर्ने र दिगो बन ब्यबस्थापनको नाममा काचा रुख काटने प्रबितीको अन्तय गर्नु पर्ने सुभाब दिए ।
वनमा हुने राजनितिकरणको अन्तय गर्न,जनतामा चेतना जगाई चोरी सिकारी नियन्त्रणमा जोड दिनु पर्ने उनको भनाई छ ।
डिभिजन बन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले तपाइहरुले दिएका सुझाब लाई हलहुनेगरी काम गर्ने बताए ।
छिटै दिगो बन ब्यबस्थापन कार्ययोजना बनायर उपभोतmा लाई काठबिक्री बितरणमा सहजगर्ने उनको भनाई छ । चोरीतस्करी नियन्त्रणका लागी सबैमिलेर लाग्नु पर्ने उनले बताए ।
















