• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

टावर सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्नै सकस

  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित

बेदकोट- कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् । भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा गतिलो मोबाइल नेटवर्क नहुँदा सम्पर्क गर्न सकस हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

“नेपाल टेलिकमको टावर भएर पनि राम्रोसँग नेटवर्क टिप्दैन । फोन सम्पर्क गर्न समस्या हुन्छ,” बेदकोट नगरपालिका–४ का हरिश पन्त भन्छन्, “गतिलोरुपले इन्टरनेट पनि चल्दैन ।” कृष्णपुर नगरपालिका– १ बण्डमा नेपाल टेलिकमको नेटवर्कका लागि स्थापना गरिएको टावर सञ्चालनमा नआउँदा यहाँका बासिन्दा टेलिफोन सम्पर्कका लागि समस्या झेल्न बाध्य छन् ।

लामो समयपछि टेलिकमको टावर स्थापना भए पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको कृष्णपुर नगरपालिका–१ का विनोदसिंह धामी बताउँछन् । “टेलिफोनको सुविधा थिएन । लामो रस्साकस्सीपछि टावर स्थापना भएको छ”, उनी भन्छन्, “वर्षौपछि सहजै सञ्चारमा पहुँच पुग्न भनेर सुखी थियौँ तर अहिलेसम्म सञ्चालनमा आएको छैन ।” उनका अनुसार नेपाल टेलिकमको सीम प्रयोग गर्ने ग्राहक नेटवर्क नआउँदा फोन सम्पर्क गर्न राजमार्गतर्फ झर्नुपर्ने बाध्यता छ ।

स्थानीय कालिका माध्यमिक विद्यालयको भवनमाथि टेलिकमको मोबाइल नेटवर्क टावर ठडाइएको छ । टावर सञ्चालनमा नआउँदा बण्ड, दोमिल्ला, पहरिया, सुन्दरीफाँटालगायत क्षेत्र गतिलो सञ्चार सुविधाबाट बञ्चित छन् । “टावर राख्न विद्यालयको ठाउँ उपलब्ध गराएको थियो । नेटवर्क सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्न निकै समस्या हुन्छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बोहरा भन्छन्, “यो टावर सञ्चालनमा आए यहाँको नेटवर्कको समस्या समाधान हुने विश्वास छ ।”

नेटवर्क नहुँदा नेपाल टेलिकमको सीम प्रयोग गर्ने सेवाग्राहीले समस्या भोग्नु परेको स्थानीय चन्द्रादेवी रावतको भनाइ छ । “फोन राम्रोसँग सुनिँदैन । इन्टरनेट पनि चल्दैन । चाहिएको बेला फोन सम्पर्क गर्न सकिदैन”, उनी भन्छन्, “नेटवर्क नहुँदा बोल्दाबोल्दै फोन काटिन्छ । चाहिएको बेला नियमित सम्पर्क गर्न सकिदैन ।”

कृष्णपुर नगरपालिका– १ बण्डमा निर्माण भएको टेलिकमको टावर सञ्चालनको अन्तिम चरणमा रहेको महेन्द्रनगरस्थित दूरसञ्चार कार्यालयका प्रमुख प्रितम भट्ट बताउँछन् । विद्युत् उपलब्ध नहुँदा टावर सञ्चालनमा केही ढिलाइ भएको उनको भनाइ छ । “आवश्यक उपकरण आइसकेका छन् । एक महिनाभित्र सञ्चालन गर्ने गरी काम अघि बढेको छ,” उनी भन्छन्, “विद्युत् उपलब्ध नहुँदा केही ढिलाइ भयो । अब केही समस्या छैन ।” रासस

  • टावर सञ्चालन
सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.