धनगढी- कैलालीको धनगढीस्थित फूलबारीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बहुलियामा मङ्गलवार अटो र मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार कैलारी गाउँपालिका वडा नम्बर ९ का सञ्जु चौधरीले चलाएको से २ प २५७१ नम्बरको मोटरसाइकल र धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अमर विकले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ ह १८३१ नम्बरको अटो ठोकिएका हुन्।
दुर्घटनामा ६९ वर्षीया कल्पना परियार घाइते भएकी छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
















