• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

खप्तड सडक अलपत्र

  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित

बझाङ- बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकास्थित खप्तड पर्यटकीय सडकको निर्माण तीन वर्षदेखि रोकिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशको बझाङतर्फको यो मार्ग प्रमुख सडकसमेत हो ।

कुचेखोला, सिल्कावाड, लम्तडा सडक र दारुगाउँ लोखडा पर्यटकीय सडकको निर्माण तीन वर्षदेखि रोकिएको छ । ठेकेदार कम्पनी सम्पर्कविहीन बनेपछि सो सडकको निर्माण अलपत्र परेको हो । स्थानीयले सडक निर्माण अघि बढाउन मार्ग राख्दै पूर्वाधार विकास कार्यालय बझाङमा समेत पटक पटक अनुरोध गर्दै आएका छन् ।

प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई भिœयाउने उद्देश्य अनुरूप २०७६ सालबाट खप्तड पर्यटकीय सडक खन्न थालेको थियो ।

पूर्वाधार विकास कार्यालयमार्फत एमपी कन्स्ट्रक्सनले ४६ लाख ३६ हजार २१८ रुपियाँमा ट्र्याक खोल्ने ठेक्का पाएको थियो । सडक निर्माणसम्बन्धी ठेक्का सम्झौता २०७७ साल पुस २ गते भएको थियो ।

सम्झौता गरेको केही समयसम्म निर्माण कम्पनीले काम गरी छोडेको स्थानीयले बताएका छन् । निर्माण कम्पनीले नौ लाख ८४ हजार ८६९ रुपियाँ भुक्तानीसमेत लिएको जनाइएको छ । सो सडकखण्डको काम निर्माण २०७९ साल असार ३१ गते पूरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ  ।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापाका अनुसार स्थानीय र स्थानीय सरकारले पटक पटक ताकिता गरे पनि निर्माण कम्पनी सम्पर्कमा आएको छैन । जसले गर्दा सडक निर्माण अलपत्र अवस्थामा रहेको छ । ठेकेदारको बैङ्क ग्यारेन्टीसमेत सकिएकाले कम्पनीलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताइन्छ ।

सडकको केही ट््याक खोलेर ठेकेदार सम्पर्कविहीन बनेपछि वडा नम्बर ३ का स्थानीयले काम गरेको पैसा नदिएको भन्दै ठेकेदारका प्रतिनिधि शेरबहादुुर खड्काको ट्याक्टरसमेत नियन्त्रणमा लिएर लम्तडामै राखेका छन्  ।

सो ट्याक्टरसमेत सडकमा अलपत्र अवस्थामा छ । सो सडकखण्डमा काम गरेका यहाँका स्थानीय बासिन्दाले आफूहरूले गरेको श्रमको समेत रकम नपाएको स्थानीय तथा समाजसेवी मेखराज रावलले बताए ।

उनले भने, “कि यस निर्माण कम्पनीले काम अघि सार्नु प¥यो कि त ठेक्का रद्द गरेर स्थानीय सरकारले पनि काम गर्न सक्ने वातावरण पूर्वाधार विकास कार्यालयले सिर्जना गरिदिन प¥यो ।”

सो सडक लोखडासम्म पु¥याउन सक्यो भने खप्तड जान बढीमा दुई घण्टा मात्र पैदल हिँड्नुुपर्ने हुन्छ । सो सडकको काम अघि नबढेका कारण बाह्य र आन्तरिक पर्यटकको आगमनमा समेत बाधा पुगेको छ । जिल्ला समन्वय समितिका सदस्य टोपबहादुर खड्काका अनुसार सडक अधुरै रहनुमा पूर्वाधार विकास कार्यालयका कर्मचारीको समेत मिलेमतो रहेको छ ।

पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गर्दा र भुक्तानी गर्दा ठेकेदार कम्पनीबाट धरौटी राख्नुपर्ने, बैङ्किङ धरौटी भए नभएको जानकारी लिनुपर्ने, बैङ्किङ धरौटीको म्याद थप भए नभएका बारे जानकारी लिएपछि मात्रै भुक्तानी दिनुपर्ने हुन्छ ।

बैङ्किङ धरौटीको समय सकिएको भए पनि कार्यालयले वास्ता नगरेको पाइएको छ । अब कम्पनीलाई कारबाही गर्ने ठाउँसम्म नरहेको उहाँको भनाइ छ । कार्यालयले निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने भने पनि आवश्यक प्रव्रिmयामा कार्यालय चुकेको देखिन्छ । बैङ्किङ धरौटी छैन । निर्माण कम्पनीलाई कारबाही गर्ने हो भने आठदेखि १० लाख रुपियाँ जरिबाना गर्नुपर्ने देखिन्छ ।

सो जरिबाना तथा असुलउपर गर्न ठेकेदार कम्पनीले बैङ्किङ धरौटी नवीकरणसम्म गरेको पाइँदैन । जसका कारण पूर्वाधार विकास कार्यालयले मुखदर्शक बन्नु परेको छ । कार्यालयका कर्मचारीको कमजोरीका कारण पनि यो सडकको अवस्था यस्तो अवस्थामा पुगेको स्थानीय बासिन्दाको आरोप छ । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकायाले पूर्वाधार विकास कार्यालयले निर्माण अघि बढाउन स्थानीय तहलाई बाटो खुला गरिदिनुपर्ने बताए ।

उनले भने, “न ठेक्काको काम अघि बढाउँछ, न हामीलाई काम गर्ने वातावरण सिर्जना गरेको छ । अहिलेसम्म पालिकाको बजेटबाट भए पनि सडक कटानको काम पूरा गरिसक्थ्यौँ ।” स्थानीय आग्रह अनुसार जिल्ला समन्वय समितिका पदाधिकारी, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधिले अलपत्र सडकको अनुगमन गरेको जनाइएको छ ।

यस्तै कुुचेखोला, सिल्कावाडा हुँदै लम्तडा सडकको स्तरोन्नतिको जिम्मा पाएको चन्द्रा एन्ड वसन्ता जेबी निर्माण कम्पनी दुई वर्षदेखि सम्र्पकविहीन रहेको छ । आठ करोड ७३ लाख रुपियाँमा २०७६ सालमा सम्झौता गरेको चन्द्र एन्ड वसन्ता जेभी निर्माण कम्पनीले यो सडक क्षेत्रमा सामान्य कामबाहेक सडकको स्तर सुधारको काम अलपत्र पारेर दुई वर्षदेखि सम्पर्कविहीन रहेको जनाइएको छ ।

स्थानीय बासिन्दा टोपबहादुर खड्काले भने, “यो बेथितिको पनि हद हुन्छ नि । सुरुमा काम गर्दा केही काम गरेको र अहिले दुई वर्ष भयो काम अलपत्र छ । बनाइएका संरचनासमेत भत्किसकेका छन् ।” गोरखापत्रबाट

  • सडक अलपत्र
शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.